"विकास गर्ने पार्टि एमाले नै रहेको दावी"

‘विकास कस्ले गर्छ बिचार गरेर भोट दिनुस’ : एल पि सावा(भिडियोमा हेर्नुहोस

सुरुङगा
एल पि सावा नि वर्तमान प्रतिनिधि सभाका सदस्य हुनुहुन्छ । विकासको आधार उहाँले आफ्नो क्षेत्रमा बसाइ सक्नु भयो । झापाको क्षेत्रल नं ४ बाट २०७४ सालमा चुनाव जीत्नु भएका सावाले यो पटक पनि यही क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । उहाँले आज कन्काई नगरपालिका स्थित झापा रोडमा रहेको क्षेत्र नं ४ को निर्वाचन कार्यालयमा गएर आफ्नो उम्मेदवारीको मनोनयन गर्नु भयो ।

मनोनयन गर्न जानु अघी सुरङ्गामा आयोजीत उम्मेदवार घोषणा सभामा उहाँले विकास कस्ले गर्न सक्ने रहेछ बिचार गरेर मात्रै भोट दिन आम मतदातालाई अनुरोध गर्नु भयो ।

वर्तमान सरकार बनेको १५ महिना बितिक्दा पनि कुनै पनि आयोजना तथा परियोजनाको उद्धघाटन र सिलान्यास हुनै छोडेको उहाँको तर्क छ । साथै उहाँले अहिलेको गठबन्ध्न सरकारले कर्मचारीलाई तलव नै खुवाउन नसक्ने स्थितीमा छ भनेर प्रधानमन्त्रीले लै घोषणा गरेको कुराई इङित गर्दै भन्नु भयो ‘ देश कंगाल बनाउने गठबन्धनलाई भोट दिने कि नेकपा एमालेको सरकार हुँदा बिभिन्न आयोजना तथा परियोजनाको उद्धघाटन र सिलान्यास मात्रै गर्ने नयाँ नयाँ काम गरेर जनताका दुखललाई सम्बोधन गर्ने सरकालाई भोट दिने आफै निणर्य गर्नुस ।’

सावाले यो क्षेत्रमा नयाँ पुल बनाउने काममा , सडक कालोपत्रे गर्ने देखी लिएर नयाँ ट्र्याक खोल्ने सम्मका काममा सकृयता देखाउनु भएको छ ।

उहाँसँग सत्ता गठबन्धनको तर्फबाट नेपाली काग्रेसका उम्मेदवार देउमान थेवेले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यस अघी पनि यी दुई नै चुनावी मैदानमा उत्रीएका थीए । सावाले थेवेको भन्दा झण्डै दोब्बर मत ल्याएर अघील्लो पटक चुनाव जीत्नु भएको थियो ।

सावाले आफ्नो मनोनयन दर्ता गर्नु अघी आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा बोल्नु भएको भिडियो यहाँ राखीएको छ ।

Share: