"सद्भावको राजनीति "

ओली,कार्की र थापाले मनोनयन दर्ता गरेकै ठाउमा जब मेयर राम थापाले सयपत्रीको माला लगाईदिए (भिडियो हेर्नुस् )

दमक /
हिजो अर्थात असोज २३ गते । दमक नगरपालिकामा स्थापित निर्वाचन कार्यालय भित्र एक क्षण निकै रोचक देखियो । मनोनयन गर्न नेकपा एमालेका उम्मेदवारहरु त्यहा पुग्दा माला लगाएर स्वागत भयो ।
एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली , एमालेका स्थाई कमिटी सदस्य हिकमत कुमार कार्की र प्रदेश कमिटी सचिवालय सदस्य होम बहादुर थापा क्रमश क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्यकालागी, प्रदेश (क) ,प्रदेश (ख) को उम्मेदवारकालागी मनोनयन दर्ता गर्न पुग्नु भएको थियो ।
उहाहरुका समर्थकहरुले घेरिनु भएका तीन जनानै उम्मेदवारलाई दमक नगरपालिकामा प्रमुख तथा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले सयपत्री फुलको माला लगाईदिनु भयो ।

यो क्षेत्रले प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री पाओस भन्दै बधाई र सुभकामनाका साथ मेयर थापाले माला लगाईदिनु भयो ।
थापाको यो सद्भावले झापा क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यमा केपि शर्मा ओली सहित प्रदेस क मा हिक्मत कार्की र ख मा होमबाहदुर थापाको सहज जित हुने देखिएको छ ।

यसै पनि एमाले बलियो रहेको यो क्षेत्रमा राप्रपाको समर्थन र दमकमा राप्रपा नेता एबम दमक नगर प्रमुख राम थापाको सहयोग र समर्थन मिल्ने भएपछि जितको सुनिश्चित भएको राप्रपाकै एक स्थानीय नेताले बताउनु भयो ।।

 

एमालेले राप्रपा सग तालमेल गरेपछि गठबन्धनका उमेद्वारहरुले हारको मानसिकता बनाइसकेको बताइन्छ । स्थानिय तहको निर्वाचनको गठबन्धन यो निर्वाचनमा तोडिएको छ ।

प्रतिनिधि सभा सदस्यमा अन्तिम समयसम्म माओबादी केन्द्रका नेता रन्जित तामाङको नाम आए पनि अन्तिम समयमा उनलाइ टिकट नदिएका कारण माओबादीका पुराना नेता तथा कार्यकर्ता र युवा जमातमा आक्रोश बढ्दो छ ।

सच्चा माओवादी र युद्ध लडेकाहरुलाइ पन्छाएर स्वार्थको लागि मरिहत्ते गर्नेहरुलाइ टिकट दिने काम हुनु निर्लज्ज हो , एक स्थानिय मओबादी नेताले नाम नखुलाउने सर्तमा बताउनु भयो ।

काङ्रेसभित्र पनि असन्तुस्टी रहेको छ । हामी बलियो हुदाहुदै कमजोर र जनाधार नभएको पार्टिलाइ टिकट दिनु राम्रो थिएन,काङ्रेसका स्थानीय नेता कार्यकर्ताको भनाइ छ । एमालेका उमेदवारहरुलाइ टीका लगाइदिदा हुन्छ, काङ्रेसका एक स्थानीय नेताले बताएका छन ।
हिजोको मनोनयन गर्दा मेयर थापाले माला लगाएर गरेको स्वागतको भिडियो तलको लिङमा राखिएको छ ।                        https://youtu.be/MX0Emb04el0

Share: