कृकेटका कुरा

पथरी शनिश्चरे प्रिमियर लिग : बुद्ध यूनाईटेड र हिसाव किताव बिजयी

crkt

पथरी/

तेश्रो पथरी शनिश्चरे प्रीमियर लिग क्रीकेटको सोमबारको खेलमा बुद्ध युनाइटेड र हिसाब किताब ट्राइडेन्स बिजयी भएको छन ।
बर्षाले प्रभाबित भए पछि १० ओभरमा घटाइएको खेलमा बुद्ध युनाइटेडले बिरेन्द्रनगर स्टिल टाइगर माथी ४ बिकेटको जित हासिल गरेको छ ।

निर्धारित १० ओभरमा बिरेन्द्रनगरले सबै बिकेट गुमाएर ४५ रन बनायो । बिरेन्द्रनगरका लागी बिराज ढकालले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेन्न । बुद्ध युनाइटेडका राजकुमार मगरले २ सुदिप चौधारी र राजु राईले २-२ बिकेट लिन सफल भए ।

४६ रनको लक्ष्य ९ ओभर ५ बलमा ६ बिकेट गुमाएर बुद्धले भेटायो । बुद्धका राकेश राईले २१ रन बनाएर खेल आफ्नो पक्षमा पारे । बिरेन्द्रनगरका अमर नेपाली र युवराज बस्नेतले २-२ बिकेट लिए । प्रनेश राई र रेवत थक्सुले १-१ बिकेट लिए । खेलको म्यान अफ दि म्याच बुद्धका राकेश राई घोषित भए ।

दोश्रो खेलपनि बर्षाका कारण १७ ओभरमा घटाइएको खेलमा हिसाब किताब ट्राइडेन्सले आइतबारे अस्त्र माथी १७ रनको जित हासिल गर्‍यो । टस हारेर ब्याटिङ गरेको हिसाब किताबले १७ ओभरमा ८ बिकेट गुमाएर १०६ रन बनायो । हिसाब किताब का लागी संजय पेक्रा र सबिन धमलाको समान २४ रन बनाए सुरज खडकाले २१ रन बनाए भने पुरुसोत्तम न्यौपानेले १६ रन जोडे । आइतबारेका संजय मुर्मुले ३ तथा आदर्श कार्कि र मौशम लिम्बुले १ -१ बिकेट लिए ।

जवाफि ब्याटिङ थालेको आइतबारेले १७ ओभर खेल्दै ८९ रन बनायो । आइतबारेका लागी दिवस राईले २४ र्न सुशिल काफ्लेले २१ र द्रोणजंग काफ्लेले २१ रन बनाए पनि जितका प्रयाप्त भएन ।

हिसाबकिताबका पुरषोतम न्यौपाने र दिवश राजबंशीले २ बिकेट लिए भने नेल्सन दंगाल, सुरज खडका र कैलाश श्रेष्ठका नाममा १ बिकेट रह्यो । खेलको म्यान अफ दि म्याच हिसाब किताबका पुरुषोतम न्यौपाने घोषित भए ।

मंगलबारको खेल रोयल किङ र मंगलबारे लिजेन्ड र दोश्रो खेल क्लासिक इलाभेन हसन्दह र सातबाघ बिच हुने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।