‘महापुरुष’ ट्रेलर : प्रेम र बिहेको मर्मस्पर्शी कथामा हरिवंश र गौरीको प्रेममा आउने उतारचढा

maxresdefault-1

 

मह जोडीको अभिनय रहेको फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ।

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘महापुरुष’को ट्रेलरमा दर्शकलाई चाहिने सबथोक छ । माया, घृणा, संवेदना, हुटहुटी, रोमान्स र विद्रोह । ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलरले दुई पुस्ताको प्रेमको मर्मस्पर्शी कथा पेस गर्छ ।

सोमबार सार्वजनिक ट्रेलरमा बुवा–छोराको सम्बन्ध तथा हरिवंश आचार्य र गौरी मल्लको बुढेसकालको प्रेम देखाइएको छ। उनीहरूको प्रेममा आउने उतारचढाव फिल्मको मुख्य विषयवस्तु रहेको ट्रेलरले संकेत गरेको छ।

फिल्ममा हरिवंश र गौरी बाहेक मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली र सिरु बिष्ट लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ जस्ता व्यावसायिक रूपमा सफल फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईको यो चौथो फिल्म हो।

उनका तीनवटै फिल्मले हलमा ५१ दिन मनाएका थिए। तीन वटै सफल फिल्म दिएका निर्देशकको निर्देशन रहेको र महजोडीको अभिनय रहेका कारण यो फिल्मलाई बहुप्रतिक्षित मानिएको छ।

फिल्म कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउँदैछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन