"इमान्दारिताका पर्यायी देवराज"

झापा क्षेत्र नं २ का प्रतिनिधीसभा तर्फका उम्मेदवार देवराज घिमिरे को हुन ?(भिडियो मार्फत नजिकबाट चिनौ)

दमक/

निष्ठा र इमान्दारिता भन्ने कुराको उदाहरण हेर्न चाहने हो भने अन्त कहि जानु पर्दैन देवराज घिमिरेलाई भेटे पुग्छ । एक शालीन , भद्र, र निरन्तर आफ्नो कर्ममा विस्वास राख्ने  सिपाहिको नाम हो देवराज घिमिरे । इमान्दारिता र नैतिकताको एक विस्व विद्यालयनै रहनु भएका घिमिरे  अहिले झापको क्षेत्र नं २ को प्रतिनिधी सभाको उम्मेदवार बन्नु भएको छ । देशकै गौरवशाली पार्टि नेकपा एमालेको तर्फबाट ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का पार्टी इञ्चार्ज रहनु भएका  घिमिरे सामाजीक तथा पार्टि भित्रै पनि एक आदर्श व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।
उहाँको निष्ठा र पार्टी प्रतिको लगाव कार्यकर्ता माझ प्रेरणा बनेको छ । पार्टी जीवन, राजनीतिक जीवनमा भोग्नु परेका कठिनाइहरुको बारेमा यतिबेला नागरिकहरुलाई सुसुचित नगर्ने हो भने अन्याय गरे सरह हुन्छ ।
ताप्लेजुङ जिल्ला साविक सिकैचा ६ हाल श्रीजंघा ३ मा वुवा पदमप्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको १२ जना सन्तान मध्ये माइला छोराको रुपमा २०१३ साल जेठ १३ गते उहाँको जन्म भएको थियो । गाउँकै सिंहदेबी प्रा.बि. बाट अध्ययन शुरु गर्नु भएका उहाँले भानु पब्लिक हाइ स्कुल, धरानको महेन्द्र वहुमुखी क्याम्पस हँुदै काठमाण्डौको त्रिचन्द्र क्याम्पसमा स्नातकसम्म अध्ययन गर्नु भएको छ । अध्ययन सँगसँगै कम्युनिष्ट आन्दोलनले उहाँलाई प्रभाव पारिरहेकै थियो । र, २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेकपाको सम्पर्कमा आउनु भएको हो । त्यसपछि २०३२ मा को. के. (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को अर्डिनेशन कमिटी माक्सवादी लेनिनवादी)को गठन भएपछि विद्यार्थी संगठन मार्फत पार्टीमा होमिनु भएका हो नेता घिमिरे ।
२०३३ सालमा गाउँगाउँमा पुगेर वुर्जुवा शिक्षा वाहिस्कार अभियानमा सक्रिय उहाँले २०३५ सालमा को. के. को सदस्यता प्राप्त गर्नुभयो । देशमा छरिएर रहेका विभिन्न घटकहरु मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी मालेको जिम्मेवारी प्राप्त गरेपछि तेह्रथुम र पाँचथर जिल्लामा पार्टी संगठन विस्तारको लागि खटिनु भएका उहाँले सो समयमा समेत महत्वपूणर् योगदान पुर्याउनु भएको थियो ।
२०४६ सालको भदौमा सिराहाको विष्णुपुरकटीमा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुनुभएका उहाँ २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो ।
पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्नु अगाडि उहाँले पञ्चायती शासकहरुको अत्याचारको डटेर सामना गर्नु भएको थियो । विशेष गरेर इलाममा रत्नकुमार वान्तवाको बर्बरतापूर्बक हत्या भएपछि पूर्बमा उदाउँदै गरेको कम्युनिष्ट आन्दोलनलाई निभ्न नदिन र यथावत राख्न प्रदिप नेपाल र झलनाथ खनालले भूमिका निर्वाह गरे तापनि राष्ट्रिय राजनीतिमा स्थापित हुने आकांक्षा सहित राष्ट्रिय राजनीतिमा लाग्नुभयो ।
पार्टी कामलाई व्यवस्थित बनाउन भूगोल राम्ररी बुझेको नेताको रुपमा तत्कालीन मालेले २०३९ सालदेखि घिमिरेलाई इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी प्रदान गर्यो । उहाँले जिम्मेवारी पाइसकेपछि इलाममा पार्टी संगठनले व्यापकता पायो भने पञ्चायती शासक उहाँको राजनितिक कृयाशीलता देखेर झस्कियो । त्यसपछि पक्राउ पुर्जी जारी गर्यो ।
एकातिर पक्राउ पूर्जी अर्कातिर सहयोद्दाहरुको निर्दलीय पञ्चायती शासकहरुले हत्या गर्दा समेत अविचलित भइ उहाँले १० बर्ष भन्दा बढी इलाम पार्टी काममा समय बिताउनुभयो । २०५० सालदेखि मेची अञ्चलको इञ्चार्जको जिम्मेवारी पाउनु भएका घिमिरेले आफ्नो इञ्चार्जसिपमा सिङ्गो मेची अञ्चलमा पार्टीका सबै उम्मेदवारलाई विजय गराएर लाल किल्ला बनाउन सफल हुनुभयो ।
पार्टी भित्रको गुटबन्दीका कारण मारमा पर्नु भएका घिमिरे विशेषगरी मदन भण्डारीको (रहस्यमय हत्या पछि) निधन भएपछि नेतृत्वमा पुगेका माधव नेपालले उहाँलाई उचित स्थान दिन माननु भएन ।
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि उहाँको सचिवालय सम्हाल्नु भयो भने नेकपा एमाले र माओवादी केन्द्र बीच एकता भएर बनेको नेकपाको प्रदेश १ को अध्यक्षको जिम्मेवारीमा रहँदा अनेकौं कठिनाइका बावजुत पनि पार्टी संगठनलाई व्यबस्थित बनाउनुभयो ।
राजनीतिक जीवनमा उहाँले भोगेका अनेकौं आरोहअवरोह सँगै हाल पार्टी स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इञ्चार्ज रहनु भएका घिमिरेलाई एमालेले झापा क्षेत्र नं २ बाट उम्मेदवारका रुपमा खडा गरेको छ । उहाँमाथि क्षेत्र नं २ का मतदाताले न्याय गर्ने विश्वास छ । ताप्लेजुङमा जन्मिएर इलाम र झापामा बढी सक्रिय घिमिरे झापा २ का लागि निर्विकल्प हुनुहुन्छ ।

भिडियोमा हेरौ

https://fb.watch/g8YmsUJ9k_/

Share: