पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा सवारी दुर्घटनामा परी स्थानीय युवकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राईको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गम्भीर घाइते राईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।