दमक/ निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न दलका उम्मेद्वारहरु मतदाता र कार्यकर्ता भेट्न व्यस्त भएका छन् । यसै क्रममा झापा क्षेत्र नं.५ ख बाट नेकपा एमालेको तर्फ उम्मेद्वारी दिनु भएको होमबहादुर झापाले कमल गाउँपालिकाका विभिन्न टोलमा पुगेर कार्यकर्तासँग भेट गर्नु भएको छ ।
त्यस क्रममा उहाँले वडा नं. ६ का विभिन्न टोलमा पुगेर स्थानीयबासीको चाहना र आवश्यकता एमालेले मात्र पूरा गर्न सक्ने बताउनुभयो । यस्तै सोहि वडामा भएको अगुवा कार्यकर्ता भेलामा तीनै तहमा एमालेको सरकार भएकै कारण झापा क्षेत्र नं. ५ मा विकासका योजनाहरु तिव्र रुपमा कार्यान्वयनका क्रममा रहेको बताउनुभयो ।
उहाँसँगै पार्टीका समानुपातिक तर्फका उम्मेद्वारहरु नर्वदा पाठक, निरमायाँ पुलामी, नम्बरलाल धिमाल लगायतले पनि स्थानीयका सवालहरुको जवाफ दिनु भएको थियो । पार्टीका निर्वाचन परिचालन समितिका संयोजक बेनुप्रसाद शिवाकोटीको अध्यक्षता र पार्टीका पोलिटव्युरो सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।