आगलागी

गुडिरहेको भ्यानमा आगलागी

thumb (32)

धनकुटा — धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ ।तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान सबेरै २ बजेर २० मिनेटमा आगलागी भएको प्रहरीले जनाएको छ । गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको चालकले जनाएका छन् ।गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए । भेडेटारबाट पुगेको प्रहरी र अन्य गाडीका चालक सहचालकको मद्दतले आगो नियन्त्रणमा आएको शर्माको भनाई छ ।

गाडी चालक सिरहा मिर्चैयाका अनिश दर्लामीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । गाडीमा सवार दुई यात्रु भने सकुशल छन् ।

दस दिनको फरकमा गाडीमा आगलागी भएको यो दोस्रो घटना हो । यसअघि गत असोज २१ गते पनि भेडेटार नजिकै यात्रुबाहक बसमा आगलागी भएको थियो ।

यसैबीच, चौबिसे गाउँपालिका–७ ठूलढुंगास्थित महेन्द्र लिम्बूको घरमा आइतबार आगलागी भएको छ ।

बालबालिका खेल्ने क्रममा आगो चलाउँदा अपराह्न ३ बजे घटना भएको प्रहरीले जनाएको छ । आगलागीबाट दुई तले कच्ची घर पूर्णरुपमा क्षति भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित