गौरादह/
झापाको गौरादह स्थित डिपु चोकमा रहेको एक होटलमा नेकपा एमालेका स्थाई कमिटी सदस्य हिकमत कुमार कार्कीको पत्रकार सम्मेलन थियो । उहाँ यही क्षेत्र अर्थात झापा क्षेत्र नं ५(क)बाट प्रदेशसभाको उम्मेदवार पनि बन्नु भएको छ ।
यस अघीको प्रदेश सरकारमा उहाँ प्रदेशको दोस्रो वरियता रहेको आन्तरिक मामीला तथा कानुन मन्त्री बनीसक्नु भएको छ । र अहिले उहाँ निर्वाचित बन्नु भयो भने प्रदेश एमालेको संसदिय दलको नेता बन्ने र मुख्यमन्त्री बन्ने भन्नेबारेमा चर्चा भइरहेको छ ।
नेकपा एमाले सरकारको नेतृत्वमा रहेको बेला लखनपुरमा रहेको रङ्गशाला नाममा विवाद आएपछि त्यहि बनाउने भनिएको मदन भण्डारी रङ्गशाला दमकमा सारीएको छ । तर त्यहाँ आदिवासी रङ्गशाला नबनाउने भनेर भनेको छैन ।
दमकमा मदन भण्डारी रङ्गशाला बनेपनि कमलको लखपुरमा आदिवासी संग्रालय सहितको आदिवासी रङ्गशालानै बनाउने भनेर अहिले एमालेका उम्मेदवारहरुले बताइरहनु भएको छ ।
कार्की यो रङ्गशाला भएको स्थानबाट प्रदेसभाका उम्मेदवार बन्नु भएको भने होईन । तर अहिलेका यहि क्षेत्रका प्रदेश सांसद अर्जुन कुमार राई र कार्कीकै पहलमा चालु आर्थीक वर्षको बजेटमा १ करोड रुपैँया हाल्न लगाएको कार्कीको दावि छ ।
पत्रकार सम्मेलनमा बोल्दै कार्की भन्नु हुन्छ ‘ लखनपुरमा आदिवासी रङ्गशाला एमाले सरकारले बनाउँछ , त्यसको परिकल्पनाकारपनि एमाले हो त्यसलाई साकार पार्ने पनि एमालेनै हो त्यसैले त्यहाँ संग्रालय सहितको रङ्गशाला हामीनै बनाउँछौ ।’
गौरादह पोखरीमा अहिले सम्म कति बजेट आयो ? र कहाँ खर्च भयो?
यस्तै गौरादहको पहिचानको रुपमा रहेको गौरादह पोखरीको विकास र सम्र्वधन अहिलेको गठबन्धन सरकारका कारण नभएको उहाँले आरोप लगाउनु भयो । पत्रकार सम्मेलनमै उज्यालोले गौरादह पोखरीका नाममा कति बजेट आयो र त्यस बराबरको काम के भयो भनेर सोधेको प्रश्नमा कार्किले भन्नु भयो ‘भीम आचार्यले प्रदेश सरकारको नेतृत्व गरेको बेला यस पोखरीको समग्र विकास तथा प्रदेशकै गौरव तथा पर्यटिकय क्षेत्र बनाउन भनेर ३५ करोड बराबरको बजेट छुट्टयाउने काम भयो र त्यसलाई क्रमागत गर्ने गरि सुरुमा ४ करोड रुपैँया बजेट बिनियोजन पनि गरिएको थियो ।
तर गठबन्धनको सरकार आएर यसको महत्व नबुझ्दा बजेट काटियो र गौरादह पोखरीलाई आकर्षक पर्यटकिय स्थल बनाउने भनेर देखेको हाम्रो सपना साकार हुन सकेन । ’कार्कीले यो सपना पुरा गर्न आगामी चुनावमा एमालेको बहुमत सरकार बन्नु पर्ने र जनताका सबै सपना विस्तारै पुरा गर्दै जाने उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनका क्रममा उहाँले आदिवासी रङ्गशाला र गौरादह पोखरीका बारेमा बोलेको कुराको भिडियो यहाँ राखीएको छ ।
https://www.facebook.com/TheUjyaalokhabar/videos/399191032265001
यस्तै पत्रकार सम्मेलनमा कार्कीले राख्नु भएका आफ्ना कुराहरुको समग्र भिडियो यहाँ राखीएको छ ।