"चिन्तनको चीन्ता"

‘विस्वास गर्नुस घात गर्दिन’:चीन्तन पाठक

 

बुद्धशान्ति ।
देशनै अहिले चुनावमय बनेको छ । पार्टि तथा अन्य स्वतन्त्र उम्मेदवारहरु घर घर गएर मतदातालाई रिझाई रहेका छन् । विभिन्न पार्टि तथा सघंगनका कार्यक्रममा गएर कार्यकतालाई आफ्नो भीजन र मिसनबारे जानकारी गराएर परिचालन गर्ने काम भइरहेको छ ।

यसै सन्दर्भमा सोमबार झापाको बुद्धशान्ति गाउँपालिका २ मा वडा स्तरीय संयुक्त कार्यक्रता भेला आयोजना गरिएको थियो । त्यहाँ नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ को प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले जनताले आफुलाई गरेको विश्वासलाई कहिले घात नगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

 

झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पाठकले आम मतदाता र जनताको शिर झुक्ने काम कहिले नगर्ने बताउनुभयो ।

 

बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यक्रता भेलालाई सोमबार सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटि सचिव समेत रहनुभएका पाठकले राष्ट्रहितका लागि एमाले र राप्रपा संयुक्त अभियानमा जुटेको बताउनु भयो ।

 

उहाँले समृद्ध नेपालकालागि नेकपा एमालेको सरकारले गरेका कामहरु जनताले प्रस्ट बुझेको धारण समेत राख्नुभयो । नेता पाठकले मुलुक निर्माणमा एमाले सरकारले गरेका कामहरु शिर ठाडो पारेर गर्वले भन्न सक्ने अवस्थाको सिजर्ना भएको बताउनुभयो ।

 

नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन अपवित्र भएको भन्दै उहाँले मुलुकलाई भलखाडोमा लागिरहेको बताउनु भयो । राष्ट्रसिहतकालागि जनताले गठबन्धनलाई चुनावबाटै परास्त गराउने धारणा राख्नुभयो ।

Share: