दुर्घटना

बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

images

 

 

 

बिर्तामोड झापाको बिर्तामोडमा दुई वटा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

सोमबार बेलुका पौने ५ बजेतिर बिर्तामोड नगरपालिका २ बेलडाँगीमा मे ५ प १६०४ र मे ३ प ५५८० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ५५८० नम्बरको मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका २ का २५ वर्षीय अनिस साउदेन र १६०४ नम्बरका मोटरसाइकल चालक बाह्रदशी ६ का ४३ वर्षीय भोलाराज भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी १६०४ नम्बरको मोटरसाइकलमा सवार भुजेलकी श्रीमती ४२ वर्षीया चन्द्रकला र ९ वर्षीया छोरी प्रशना घाइते भएका छन् । उनीहरुको बिर्तामोडमा उपचार भइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित