उज्यालो
दमक/
‘यो नदेखिने , छाम्दा पनि नछामिने , देख्दा पनि नेदेखिने, एक्सरे गर्दापनि नआउने, केहि गर्दा नआउने कतै नदेखिने चित्त भन्ने जुन हुन्छ नी त्यो त्यसका पछाडी धेरै कुद्नु हुँदैन । ’ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले चित्तका बारेमा बताउँदै भन्नु भयो‘ नाडी छाम्दा भेटिन्छ, मुटु धडकन छाम्दा भेटिन्छ तर यो चित्त भन्ने यस्तो चिज हो नी न त्यसलाई चिसो लाग्छ , त्यसलार्ई रुघापनि लाग्दैन , खोकी पनि लाग्दैन , डेङ्गु पनि लाग्दैन , कोभिड पनि लाग्दैन केहि पनि नलाग्दो रहेछ । बेकारमा हामी आफै लगेर चित्तलाई चिमोटि चिमोटि दुखाउँछौ ।’ त्यसकारण चित्त दुखाउने काम गर्नै छोड्न उहाँले अनुरोध गर्नु भयो ।
चुनावका बेलामा आफुले टिकट पाइन, आफुले भनेकाले टिकट पाएन वा पार्टि भित्र कुनै काममा कोहिसँग चित्त नबुझेको भएपनि त्यो चित्तलाई अव त्यहि छोड्न उहाँले आग्रह गर्नु भयो ।
निर्वाचनको बेलामा केहि कमी कमजोरी भयो होला , हुन पनि सक्ला तर अव त्यसलाई चित्त दुखेको छ भनेर चुप लागेर बस्न नहुने उहाँको भनाई छ ।
यो चुनावमा नेकपा एमालोलाई १ सय ५० सिट जीताउने अभियानमा लाग्न आवश्यक छ ’ ओलीले भन्नु भयो ‘ यदि यो पटक हामी सरकारमा पुगेनौ भने गठबन्धनको सरकारले जाली मुद्धामा जेल समेत हाल्न सक्ने भन्दै उहाँ शसंकित हुनु भयो ।
यस तर्फ सचेत हुँदै ओलीले भन्नु भयो ‘ यहाँ मुद्धा नलागेका सायदै कमरेडहरु हुनुहुन्छ होला , उतीबेला नेपाली काग्रेसको सरकारले २०४८ साल देखी २०५१ साल सम्म ३० हजार भन्दा बढि नेकपा एमालेका कार्यकर्ताहरुलाई किर्ते मुद्धा लगाएर जरिवाना तिराएको छ ।
अर्वौ रुपैँया जरिवाना अदालत र सिडिओ कार्यालयमा तिरिएको छ । ’ अनी फरि पनि यस्तै होस भन्ने चाहनु हुन्छ कि नेकपा एमालेको सरकार बनाउन अव दिल खोलेर लाग्नु हुन्छ ’ भन्दै ओलीले प्रश्न गर्नु भयो ।
चित्तका बारेमा उहाँले बोल्नु भएको भिडियोलाई यहाँ राखीएको छ ।