दमक/
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले गठबन्धन दलका एक नेतालाई इङ्गीत गर्दै जनतालाई झुक्याउनेहरुबाट सहज रहन अनुरोध गर्नु भएको छ ।
झापाको आफ्नै निर्वाचन क्षेत्र स्थित दमकमा एक बृहत कार्यकर्ता अभिमुखिकरण कार्यक्रमलाई सम्भोधन गर्दै उहाँले मधेश प्रदेशका केहि निर्वाचन क्षेत्रका सोझा साझा जनतालाई निशुल्क विदेश पठाइदिने भन्दै भाषण गर्नेहरुबाट सावधान रहन उहाँले आग्रह गर्नु भएको हो ।
गठबन्धन दलका साझेदार नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भाषणलाई टिप्पणी गर्दै ओलीले भन्नु भयो ‘ रौतहटको कुन निर्वाचन क्षेत्रमा हो त्यहाँका सोझा साझा यूवाहरुलाई सस्तो प्रलोभनमा पारेर चुनाव प्रभावित बनाइदै रहेछ । फ्रि भिसा र फ्रि टिकट दिएर विदेश पठाइदिन्छु भन्दै दिएका अभिव्यक्ति निर्वाचन आचार संहिता वितपरित छन् त्यसतालाई निवार्चन आयोगले कार्वाहि गरोस ’ ओलीले माग गर्नु भयो ।
‘मेनपावर दलालहरुको चङ्गुलमा देशलाई फसाउँदै राष्ट्रियता माथीनै प्रहार गर्न समेत पछि नपरेका यस्ता ठगबन्धनलाई तपाईले चिन्नु पर्छ । ’ ओलीले भन्नु भयो ‘ त्यस्ता मेनपावरका डिमाण्ड चुनावका बेलामा मात्रै आउने हो कि चुनाव पछि पनि आउने हो कि चुनाव अघी पनि आए ’ प्रश्न गर्दै ओलीले भन्नु भयो ‘यस्ता झुटा आश्वासनमा सोझा सिदा नागरिकलाई फ्रि भिषा र फ्रि टिकटका नाममा नठगौ ।’
ओलीले मधेस प्रदेशमा त्यहिको स्थानिय भाषामा माधव नेपालले गरेको भाषणको नक्कल गर्दै भन्नु भयो ‘अव आसप्के फ्रि मे भिषा दि, फ्रि मे टिकेटो मिलजाय , फ्रि के मतलवत बिना ढेवा के ’यस्तै भाषण गर्दै गरेको आफुले सुनेको उल्लेख गर्नु भयो ।
उहाँले यसबारेमा बोल्नु भएको भिडियोलाई यहाँ राखीएको छ ।