दमक/
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले हिजो देखेका बिकासका सपना आज बिपनामा परिणत भएको बताउनु भयो ।
बिहीबार आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ताहरुसँगको भेटघाटको अवसरमा अध्यक्ष ओलीले उक्त बिचार ब्यक्त गर्नु भएको हो ।
‘हिजो आमसभामा गाउ-गाउ जादा गाडीमा नै फरुवा कोदालो सँगै लिएर जानु पर्ने अवस्था थियो । गाउमा मात्र होइन शहर बजार क्षेत्रमा समेत सडक, पुल, लगायतका बिकास पूर्वाधार थिएनन् । कहाँ गाडी फस्ने हो त्यही उत्रिएर कादादोले माटो काटेर बाटो बनाउदै हिड्नु पर्ने अवस्था थियो । ओलीले बिगत सम्झदै भन्नु भयो ‘ राती आमसभा या भेटघाट गर्दा बिद्युत बिस्तार भएको थिएन बक्तीको अभावमा पेट्रोमेक्स बालेर उज्यालो बनाएर काकार्यक्रम गर्नु पथ्र्यो ।’ उ बेलाका चुनावको प्रचारलाई स्मरण गर्दै अध्यक्ष ओलीले अगाडी भन्नु हुन्छ ‘ अहिले देशैभरी बिकासले फड्को मारेको छ । ’
एमालेको नेतृत्वमा भएको सरकारले तीन बर्षको आफ्नो कार्यकालमा बिकास के हो भन्ने कुरा गाउँ-गाउसम्म प्रमाणित हुने गरि पुगेको बताउनुभयो । ‘त्यति वेला यो ठाउमा पक्कीपुल सडक निर्माण हाम्रो पालमा हुन्छ र भनेर सपना नदेखेका जनताकालागि अहिले बिकास बिपना जस्तै भएको छ ।’ अध्यक्षओलीले भन्नुभयो ।
गृह जिल्लाको आफ्नै निर्वाचन क्षेत्रकाकार्यकर्ता र स्थानीयलाई सम्बोधन गर्दै इच्छाशक्ति र अठोट भए देश बनाउन र विकास गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको बताउनुभयो ।
अध्यक्ष ओली नेकपा एमलेक बिचार, नीति र कार्यक्रम प्रष्ट भएको पार्टी रहेको बताउँदैे ‘ देशलाई बिकासको चरणमा लान ५२ बर्ष अघी आफ्नो जुँगाको रेखी मात्र बसेको अवस्थामा नै प्रष्ट भएर राजनीतिमा लागेको हुँ । त्यसैले त्यति वेला बिभिन्न चरणका कस्टपुणर् आन्दोलनका चरण पार गर्दै आएको थियौ । त्यसैले हाम्रो पार्टीले बिकास योजना र कार्यक्रम कसरी अघि बढाउने भन्ने प्रतिवद्धता पत्र आगामी १५ गते सम्ममा जनतासमक्ष ल्याउने छौ । ’
उहाँले देशभर भूकम्प पीडितका ७ लाख बढी पक्की घर बनाएर जनतालाई सुरक्षित घरमा राख्न सफल भएको उल्लेख गर्नु भयो । ‘हजारौं सरकारी भवन, सेनाको प्रधान कार्यालय देखि लिएर ठूला-ठूला संरचना निर्माण गरिएका छन् । अस्पताल, विद्यालय, क्याम्पस, विजनेस कम्प्लेक्स समेत निर्माण गरिए । ’ओलीको विकास बारेमा बेलिबिस्तार लगाउँदै भन्नु भयो ।आफूले सरकारको नेतृत्व गर्न पाउनेवित्तिकै नयाँ ढंगले देशमाविकासको लहर र तरंग सृजना गरेको बताउनु भयोे ।
बिजुली, टेलिफोन, पक्की बाटो, पक्कीपुलजनताको सपना रहेको भन्दै उहाँले ती सबै सपना विपनामा परिणत भएको स्मरण गराउनुभयो । रतुवा-मावामा पुल, गाउँ-गाउँमा बाटा, विद्यालय भवन, क्याम्पस भवन, भ्यूटावर, कृषिको आधुनिकीकरण गर्ने, नयाँ-नयाँ ढंगले विकासका काम अघि बढाइएको उहाँको भनाई छ ।
एमालेको उद्देश्य देश बनाउनुभएको भन्दै उहाँले हिमाल,चट्टान,हिमताल, नदीनाला, बोटबिरुवा, जडिबुटी सबै थोक भएको देश नेपाललाई बनाउने अभियानमा एमाले लाग्ने बताउनुभयो ।
अध्यक्षओलीले बिहीबार झापाको दमक नगरपालिका ३ स्थित आमचौक र कमल गाउँपालिकाको केर्खा बजारमा भएका दुइवटा कार्यक्रममा कार्यकर्ता तथा स्थानीयबासिन्दालाई सम्बोधनगनुभएको थियो । त्यसपछि अध्यक्षओ लीआजै अपरान्ह्र काठमाण्डौ फर्कनु भएको छ ।