नयाँ पुस्तालाई प्रोत्साहन गरिने

औजार पाएपछि उत्पादन बढ्ने आशा

दमक/
झापाको उत्तरी क्षेत्र कृषि उत्पादनका दृष्टिकोणले सबैभन्दा उर्वर मानिन्छ । यहाँका मलिलो माटो , किसानहरुले प्रयोग गर्ने नयाँ नयाँ उपकरण साथै बिउ छनौट गर्ने सक्षमताका कारण पनि दमकको उत्तरी क्षेत्रमा उत्पादन बढि हुने गर्छ । यहि उत्पादनलाई थप प्रोत्साहन गर्नकालागि दमक नगरपालिकाले पनि विभिन्न सहयोग तथा सहयकार्य गर्दै आएको छ । किसानसँग हातमा हात मिलाएर हरेक आवश्यकताको पुर्ति गरिदिन दमक नगरपालिका किसानको साथी बनेर साथ दिइरहेको छ । दमक २ स्थित प्रतिफल कृषि सहकारी सस्थामा चालु आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बर्षे धान पकेट कार्यक्रमका लागि १३ लाख बढिका कृषि औजार तथा बिउ बिजन , विषादीहरु सहयोग गरिएको छ । जसअन्तर्गत ७० हजार प्रति गोटा पर्ने साना सिचाई मोटर बोरिङ ६ वटा, प्रति गोटा ४ हजार २ सय पर्ने १८ वटा स्प्रे ट्याकीं, प्रति केजि ८५ रुपैँया पर्ने १ हजार केजि धानको बिउ, कुल २५ हजार बराबरको बाली संरक्षण तथा विषादी सहयोग, प्रति गोटा १ लाख ७० हजार पर्ने २ वटा रिपर सहितको मिनि टिलर, २५ हजार रुपैँया बराबरको साना औजार उपकरणहरु( फरुवा हसिया र कोदालो वितरण गरिएको छ । यस्तै ५ हजार बराबरको सुक्षम खाद्य तत्व तथा अन्य विभिध खर्च सहित कुल १३ लाख ३८ हजार ३ सय रुपैँयाका कृषि औजार तथा सामाग्रीहरु वितरण गरिएको थियो ।यसमा १० लाख परियोजनाका तर्फबाट अनुदान दिइएको हो भने बाँकी रकम सस्था आफैले बिहारेको हो ।
उत्पादन बढ्ने आशा


कृषिजन्य सामाग्रीका साथमा काम गर्न पाउँदा यहाँका किसानहरु पनि मख्ख छन् । स्थानिय किसान शान्तीराम भट्टराई कृषिमा नयाँ नयाँ प्रविधि प्रयोग गर्न पाउँदा उत्पादन बढ्ने विस्वास गर्नुहुन्छ ।
अहिले किसानलाई उत्पादनमा लाग्न निकै चुनौती छ । भनेका बेलामा न खेताला पाइन्छ न अन्य मल र बिउ बिजननै । दमक नगरपाकिलाले यस प्रकारको प्रविधी , बिउ बिजन तथा औषधिहरुमा साझेदार गरिदिदा यहाँका किसानकाहरु मख्ख छन् ।
प्रतिफल कृषि सहकारी सस्था अन्तर्गतकै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बर्षे धान पकेट कार्यक्रमका अध्यक्ष तथा सस्थाका सचिव राजकुमार अधिकारी कृषि औजारको प्रयोगले किसानको लागत कम गराउनुका साथै उत्पादनमा पनि बृद्धि गर्ने बताउनु हुन्छ ।
व्यवसायीक बनाउन मद्यत
जिविको पार्जन मात्रै गर्न मात्रै सिमित नोपालको कृषि क्षेत्रलाई केहि व्यवसायीक बनाउन स्थानिय तह आएदेखि केहि सकरात्मक काम हुने गरेका छन् । दमक नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराई किसानहरुलाई व्यवसायीक बनाउन यस प्रकारका उपकरणहरु प्रदान गरिएको बताउनु हुन्छ । यसको उच्चतम प्रयोग गरेर किसानहरुले आफ्नो उत्पादन बढाउनुका साथै लागत समेत कम हुने भएपछि किसानहरु व्यवसायीक बन्न सक्ने विस्वास कृषि शाखा प्रमुख भट्टराईको छ ।

नयाँ पुस्तालाई प्रोत्साहन गरिने


किसानहरुलाई बिस्तारै प्रविधिमैत्री बनाउँदै लगिएको दमक नगरपालिकाले जनाएको छ । अझैपनि बढि शारिरिक मिहनत गरेर काम गर्ने तर उत्पादन चाहि लगानी बराबरको पनि नहुने तरिकाले किसानहरु काम गरिरहनु भएको छ । यी सबै कुरा अज्ञान र प्रविधिको सहज पहुँच नभएर पनि हुन सक्ने नगरपाकिलाको ठम्याई छ । त्यसैले यहाँका नगर प्रमुख रोमनाथ ओली भन्नुहुन्छ किसानहरुलाईक नयाँ नयाँ प्रविधिको प्रयोगका बारेमा सचेतना जगाइरहिएको छ । कुन बाली लगाउँदा कस्तो मेसिन औजार चाहिन्छ , त्यसको सञ्चालन कसरी गर्ने र ती सामाग्री एक पटक खरिद गरेरनै दिने गरिको दमक नगरपालिकाले यजना बनाएको उहाँले सुनाउनु भयो । त्यहि याृजना अन्तर्गत दमक प्रतिफल कृषि सहकारी सस्थालाई पनि कृषि औजार प्रदान गरिएको उहाँले बताउनु भयो । एक पटक खरिद गरेर चलाउन समेत जान्ने बनाएपछि त्यसको प्रयोग गरेर फेरि थप आवश्यक आफै खरिद गरेर अघि बढ्न प्रेरित गरिरहिएको उहाँले सुनाउनु भयो ।

कृषिमा नयाँ पुस्ता लाग्न खोजी रहेका छन् । केहि हजार कमाउन केहि लाख लगाएर विदेश जानु भन्दा त्यो केहि लाखलै आफ्नै जमिनमा लगानी गर्ने भने विदेशमा भन्दा कम कमाई हुँदैन । तर यसको संरक्षण र प्रर्वधन गर्न स्थानिय पालिकाहरुले सहजिकरण गरिदिन पर्छ । यदि यसो भएमा किसानमा नयाँ पुस्ताको आकर्षण त बढ्नै छ । नगरको उत्पादनमा बृद्धि हुँदै आफ्नो ठाउँको श्रम आफ्नै माटो मलिलो बनाउनमा खर्च हुने थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण