सडकमा ब्यापारी

दमकका ब्यवसायीको प्रश्न : ब्यापारी घाटामा बैंक सधै किन नाफामा ?

दमक/

कोरोनाको महाकालमा कयौ उद्योग कलकारखाना धरासाही भए । देशमा जेजे संकट आउँछ त्यसको सामना उद्योगी व्यवसायीले गर्नु पर्छ । यी नै व्यवसायीलाई ॠण लगानी गर्ने बैकं सधै नाफामा हुन्छन । तर ती व्यवसायी सधै मारमा मात्र कहिलेसम्म पर्ने?
दमक उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष गोपाल गुरागाइले बताउनु भयो ।

दमकका ब्यवसायीहरुले चरणबद्ध आन्दोलनको विकल्प नभएको भन्दै सडकमा उत्रिएका छन् । पूर्वघोषित कार्यक्रम अनुसार बुधवार प्लेकार्डसहित सडकमा निस्किएका छन् ।

ब्यवसायीका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसहित ब्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा चर्को ब्याज असुली विरुद्ध ब्यवसायीहरुले राष्ट्रब्यापी आन्दोलन गरिरहेका बेला दमकका उद्योगी–व्यवसायीहरु पनि आन्दोलित भएका छन् । आन्दोलनका क्रममा यहाँका व्यवसायीहरुले हिजो ईलाका प्रशासन कार्यालय र दमकमा रहेका बैंकहरुमा ज्ञापनपत्र बुझाएका थिएभने आज प्लेकार्डसहित सडकमा निस्किएर विरोध प्रर्दशन गरेका हुन् ।

बैंकहरुले चर्को रुपमा बढाएको ब्याजदरका कारण उद्योग ब्यबसाय धरासयी बनेको, आर्थिक मन्दीका कारण सबै क्षेत्र संकटमा रहेको हुनाले आन्दोलनको विकल्प नभएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताउनु भएको छ । उहाले आगामी २७ गते प्रदेश उद्योग वाणिज्य महासंघको अगुवाईमा मुख्यमन्त्री कार्यालय र राष्ट्रबैंकहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिनुभयो।

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाईमा सुरु भएको आन्दोलनलाई दमकका ब्यवसायीहरुको समर्थन स्वरुप दमकका बैंकहरुमा ज्ञापनपत्र बुझाईएको र पूर्वघोषित कार्यक्रम अनुसार सडकमा प्रदशन गरिएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष  गुरागाईंले बताउनु भयो ।

संघका प्रथम उपाध्यक्ष राजु खड्काले देशभरका ब्यवसायी र उद्योग बाणिज्य संघ आन्दोलित भइसकेकाले सम्बन्धित निकायले तत्काल माग पूरा गर्नेतर्फ ध्यानाकर्षण हुनुपर्ने बताउनु भएको छ । आन्दोलन स्वरुप नै बुधवार दमकका बैकहरुमा सेवा बहिस्कार गरिएको जानकारी दिए । दमकका बैंकको ब्याज नियन्त्रणमा नआए आगामी दिन उपभोक्ताका लागि समेत कठिन रहेको बताए ।

बुधबार दमकको पूर्वपश्चिम हाइवेको आकाशे पुल मुनी ठूलो संख्यामा ब्यवसायीहरु प्लेकार्ड सहित आन्दोलनमा उत्रिएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व