चुनावी घोषणा पुरा गर्नै कठिन

बजेट खर्च गर्ने जनप्रतिनिधीले आम्दानी बढाउन सकेनन्

दमक/
सरकार सफल भयो कि असफल भन्ने कुरा त्यो सरकारले बनाएको बजेट सम्बन्धीको निती र त्यसको कार्यान्वायन अनि त्यसले दिएको उपलब्धी मात्रै हेरे पनि पुग्छ । पछिल्लो समय बजेट बन्छन् तर कार्यान्वायन भने लक्ष अनुसार पुरा हुन सक्दैनन् । यो अहिलेको मात्र भन्दा पनि विगत देखीको रोग हो । २० वर्ष पछि स्थानिय तहको चुनाव भयो । चुनावबाट आएका जनप्रतिनिधीले योजना बनाएर बजेट निर्माण गर्दै काममा जुटे । तर जनप्रतिनिधीको कमजोरी र आफ्नो योजना पुरा हुन नसक्नुको कारण चाहि उनीहरुले खर्च गर्ने योजना बनाए तर आफ्नो आम्दानीको श्रोत बढाएर आम्दानी बढाउन सकेनन् ।
प्रमुख तह केन्द्र र प्रदेशको समपुरुपक बजेटकै भरमा पालिकाहरुले योजना बनाउनने गरेका छन् । आफैले खर्च गर्न पाउने गरिको बजेट आन्तरिक श्रोतबाट बनाएर उनीहरुले काम गर्न पनि सकेनन् । त्यसैले पनि स्थानिय तहका जनप्रतिनिधीले नागरिकको इच्छा र चाहना अनुसार काम हुन नसकेको विज्ञहरुको भनाई छ । कतिपय जनप्रतिनिधीले संघियतालाई राम्रोसँग नबुझेको, तिन तहका सरकारको क्षेत्राधिकारका बारेमा पूणर् ज्ञान नहुँदा जनतासमक्ष झुटा आस्शाषन दिन पछि नपरेका कारण पनि पालिकाहरुका जनप्रतिनिधी आफैमा बद्नाम र काम नगर्ने सावित हुँदै गएको विष्लेषक तारानाथ निरौलाको भनाई छ । खर्च र आम्दानीलाई समानरुपमा लिएर जानु पर्दथ्यो । तर पालिकाका जनप्रतिनिधिमा त्यो दक्षता नदेखिएको उहाँको टिप्पणी छ ।
कतिपय पालिकाको हकमा असक्षम जनप्रतिनीधि, कुशल प्रशाषकको अभावका कारण पालिकाहरुले आन्तरिक आय बृद्धिका योजना बनाउन नसकेकेका कारण पनि जनप्रतिनिधी असफल बन्दै गएका छन् । आफ्नै आन्तरिक आय बृद्धि गर्नुपर्छ, सकेसम्म अनुदानको रकम कम लिनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ भन्ने लक्ष्य लिन पालिकाका जनप्रतिनिधीसँग भिजनकै अभाव भएका कारण पनि जनप्रतिनिधीले चुनावमा घोषणा गरेका प्रतिवद्धता पुरा गर्न नसकेका राजस्व सम्बन्धीका जानकार शान्तीराम खनालको भनाई छ ।
खर्च गर्नपनि कन्जुस्याई
बजेटको सिलिङ बनाएर वडास्तरमा पठाउन र जनताद्धार अनुमदोन गरिएको योजनामा लगानी गर्न कञ्जुस्याई पनि गर्ने गरेको देखिन्छ । खासमा जनताका लागि आएको बजेट जनताको माग अनुसार खर्च गर्न पनि कतिपय पालिकाहरुले जानेन् । नागरिकले स्थानीय सरकार भएको पनि अनुभुती गर्न सकिरहेका हुँदैनन । भन्न त भन्छन् जनप्रतिनिधीले नागरिकले अनुमदोन गरेको योजनामै हाम्रो बजेट केन्द्रित हुन्छ भनेर त्र बजेटले केन्द्रको जस्तो उहि बाटो, पुल र कल्भर्ट बनाउने बाहेक अन्य नागरिककी दैनिकसँग जोडिएका क्षेत्रमा चाहि प्राथमिकतामै पारिदैन । आन्तरिक स्रोतको १० प्रतिशत ऋण उठाउन पाउने भनिएको भए तापनि सो ऋण कसले उठाइदिने स्पष्ट आधार नभएको अथवा बजेटको आकार ठुलो पार्न आन्तरिक ऋण देखाउने तर सो ऋण कहाँबाट उठाउने भन्ने स्पष्ट नहुने । प्रायः बजेटहरू निर्माण हुँदा विज्ञहरूको सुझावले कम स्थान पाउने, जनताका इच्छा र आकांक्षाहरू नसमेटिने, भविष्यको दृष्टिकोण पनि स्पष्ट नहुने, कार्यान्वयनमा असफल भएका शीर्षकहरू दोहोरिरहने तर निरन्तरता पाउनुपर्ने कार्यक्रमले निरन्तरता नपाएकाले पनि स्थानीय तहको बजेट सफल हुन नसकेको भन्दै विष्लेषण हुने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति