खोपमा खबरदारी गरौ

फोकल पर्सन र शाखा प्रमुखको कुरा बाझिएपछि होटलमा भेटियो कोरोनाको खोप

विर्तामोड/
विर्तामोड स्थित एक होटलमा कोरोना विरुद्धको खोप फेला परेपछि विर्तामोड नगरपालिकाको स्वास्थ्य कर्मचारीका २ कर्मचारीको भनाई बाझिएको छ । खोप लुकाएको आरोपमा नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का पक्राउ परेपछि उहाँको र शाखाका प्रमुख तुलसी पोखरेलको कुरा बाझिएको हो ।

शुक्रबार दिउँसो होटलबाट पक्राउ परेपछि फोकल पर्सन खड्काले आफू होटेलमा बसेकाले तर खोप आफुले नल्याएको बताउनु भएको छ । उहाँले स्वास्थ्य कार्यालयको गाडीले यहाँ ल्याएर छाडेर गएको दावि गर्नु भएको छ । तर बिर्तामोड स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले होटेलमा खोप पुगेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्

स्थानीय युवाहरूले बिर्तामोड नगरपालिका-१ स्थित होटेल टाएमलेस मोमेन्टबाट १०० भायल खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई शुक्रवार दिउँसो रंगेहात समातेका थिए ।
होटेलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यत्र लुकाएका थिए । लुकाइएको खोप होटेलको प्रतीक्षालय कक्षको टेबलमा फेला परेको थियो ।

खड्काले सोही होटेलभित्र आफ्ना निकट व्यक्तिलाई बोलाएर खोप लगाउने गरेको सूचना पाएपछि स्थानीय युवाहरू त्यहाँ पुगेका थिए । होटेलमा खोप भेटिएपछि भेला भएका युवाहरूले आक्रोश पोखेका छन् । दनभरि लाइनमा लागेका नागरिकले खोप लगाउन नपाउने र स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन खडकाले चाहिँ खोप होटेलमा ल्याएर लगाउने काम गरेकोले यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनुपर्ने माग राखेका छन् ।

यता खोपसहित स्वास्थ्य शाखाका खड्का समातिएको खबर प्रहरी समक्ष पुग्न साथ इलाका प्रहरी कार्यालय अनारमनिको टोली तुरुन्त घटनास्थल पुगेका थिए ।
त्यसपछि प्रहरीले १०० भायल खोपसहित खड्कालाई नियन्त्रणमा लिएको लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न