खोपमा खबरदारी गरौ

फोकल पर्सन र शाखा प्रमुखको कुरा बाझिएपछि होटलमा भेटियो कोरोनाको खोप

विर्तामोड/
विर्तामोड स्थित एक होटलमा कोरोना विरुद्धको खोप फेला परेपछि विर्तामोड नगरपालिकाको स्वास्थ्य कर्मचारीका २ कर्मचारीको भनाई बाझिएको छ । खोप लुकाएको आरोपमा नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का पक्राउ परेपछि उहाँको र शाखाका प्रमुख तुलसी पोखरेलको कुरा बाझिएको हो ।

शुक्रबार दिउँसो होटलबाट पक्राउ परेपछि फोकल पर्सन खड्काले आफू होटेलमा बसेकाले तर खोप आफुले नल्याएको बताउनु भएको छ । उहाँले स्वास्थ्य कार्यालयको गाडीले यहाँ ल्याएर छाडेर गएको दावि गर्नु भएको छ । तर बिर्तामोड स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले होटेलमा खोप पुगेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्

स्थानीय युवाहरूले बिर्तामोड नगरपालिका-१ स्थित होटेल टाएमलेस मोमेन्टबाट १०० भायल खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई शुक्रवार दिउँसो रंगेहात समातेका थिए ।
होटेलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यत्र लुकाएका थिए । लुकाइएको खोप होटेलको प्रतीक्षालय कक्षको टेबलमा फेला परेको थियो ।

खड्काले सोही होटेलभित्र आफ्ना निकट व्यक्तिलाई बोलाएर खोप लगाउने गरेको सूचना पाएपछि स्थानीय युवाहरू त्यहाँ पुगेका थिए । होटेलमा खोप भेटिएपछि भेला भएका युवाहरूले आक्रोश पोखेका छन् । दनभरि लाइनमा लागेका नागरिकले खोप लगाउन नपाउने र स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन खडकाले चाहिँ खोप होटेलमा ल्याएर लगाउने काम गरेकोले यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनुपर्ने माग राखेका छन् ।

यता खोपसहित स्वास्थ्य शाखाका खड्का समातिएको खबर प्रहरी समक्ष पुग्न साथ इलाका प्रहरी कार्यालय अनारमनिको टोली तुरुन्त घटनास्थल पुगेका थिए ।
त्यसपछि प्रहरीले १०० भायल खोपसहित खड्कालाई नियन्त्रणमा लिएको लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा