नर्सहरुको कथा

‘आँखै अगाडी संक्रमितले ज्यान गुमाएका छन् , काम गर्दा मन अत्तानिल खोज्छ’ स्टाफ नर्स

प्रतिकात्मक तस्बिर आम्दा अस्पतालमा कार्यरत स्टा नर्स कमला घिमिरेको फेसबुबाट साभार गरिएको हो ।

दमक/
कोरोना महामारीका बेला संक्रमितका लागि सभैभन्दा बढि अग्रभागमा बसेर सेवा नर्सले गर्छन । उनीहरु दिनरात नभनी परिवारको साथबाट समेत अलग रहेर अहिले कोरोना संक्रमितको उपचारमा खटिरहेका छन् ।

झापाको दमक २ स्थित आम्दा अस्पतालको ब्लक नम्वर एफ । यो ब्लक सघन उपचार इकाई भवन हो । अर्थात आइसियू उपचार केन्द्र । यहाँ ५ वटा भेण्टिलेटर सहित ६ बेडको आइसियू बेड रहेको अस्पतालले जनाएको छ । यहाँ अहिले अन्य रोगका बिरामीको उपचार भएको छैन । यी सबै बेडमा कोरोनाका कारण संक्रमण भएर आएका संक्रमित विरामीहरुको उपचार भै रहेको छ । संक्रमितहरुलाई उच्च सर्तकताका साथ यहाँ उपचार गराइरहिएको छ । अस्पतालले आफुसँग उपलब्ध भएका सबै प्रकारका श्रोत र साधनको प्रयोग गरेर बिरामीलाई निको पार्न तल्लिन भएको छ । यहि आइसियूको मुल ढोकामा केहि नर्सहरु भेटिनु भयो । उहाँहरु आइसियूमा भर्ना हुन आउने बिरामीलाई उपचार गर्ने गर्नुहुन्छ ।

बिरामीलाई मुसुक्क हाँसेर तपाईलाई केहि हुँदैन है भनेर नर्सले बोल्दा मात्र पनि बिरामीको आदा रोग निको हुन्छ भन्ने विस्वास गरिन्छ । तर अहिले यी नर्सहरु हास्न सकिरहनु भएको छैन । आफ्नो ओठको मुस्कानलाई सेतो मास्क, मुखभरी छोपीने फेस सिल लगायतले ढाकिएको छ । उहाँहरु ब्रिामी सँग बोल्दा पनि सकभर दुरी राखेर मात्र बोल्नु हुन्छ । शरिर भरि सेतो रङ्गको पिपिइ लगाएको हुँदा बिरामीले नर्स हो वा अन्य कोहि ठम्याउन पनि सक्दैनन । तर पनि नर्सहरु बिरमीलाई आफ्नै समस्या जस्तै ठानेर सेवा गरिरहेका छन् । आम्दा अस्पतालमा कार्यरत सुस्मिता साक्य जोखिम भएपनि आफ्नो पेषाप्रति रमाउँदै खुसी हुँदै बिरामीको कोरोना संक्रमितको उपचार गरिरहेको बताउनु हुन्छ ।

यता दमककै एडभान्स मल्टि स्पेस्यालिटि अस्पतालमा आइसियूमै बिरामीको उपचार गरिरहनु भएकी बिनु निरौलाको मन सुरुमा चाहि निकै आत्तीएको थियो । तर बिस्तारै यी कुरा सामान्य जस्तै बन्दै गएपछि अहिले कोरोना भएर निकै अप्ठ्यारो परेर आएका बिरामीलाई आइसियूमा राखेर उपचार गराउनु हुन्छ । आइसियूको हाइ केयरमा राखीएका बिरामी होस वा भेण्टिलेटरमा मृत्यूसँग जुधीरहेका संक्रमिती नै किन नहुन । ती सबैको सेवामा सबै भन्दा अगाडी गएर उहाँले नै सेवा गर्नु हुन्छ । गर्दा गर्दै कतिपयको ज्यान समेत जाने गरेको उहाँले बताउनु भयो ।

शरिरमा सेतो गाउन त प्राय सबै स्टाफ नर्सहरुले लगाउने गर्नु हुन्छ । तर आम्दा अस्पतालकी सोना दाहाललेले गाउन मात्र लगाउनु भएको छैन । उहाँको शिर पनि छोपीएको छ । उहाँले लगाएको चप्पललाई पनि प्लाष्टिकले बेरिएको छ । उहाँले लगाएको गाउनपनि अन्य जस्ते सामान्य होईन । शरिरलाई पुरै ढाकेको छ । यी सबै साधानहरु लगाएर उहाँ आइसियू कक्षमा भेटिनु भयो । उहाँ त्यहाँ भित्र रहेकाहरुको अवस्था के छ भनेर भित्र जान लाग्दै गर्दा कोभिड बुटिको टिमसँग भेट भयो । उहाँले भन्नु हामी अस्पतालमै बसेर संक्रमितको उपचार गरिरहेका छौ ।

जोखिम त भनि साध्य छैन । हर मिनेट मृत्यूसँग जुधिरहिएको हुन्छ । आफ्नै आँखा अगाडी कोरोना संक्रमितको मृत्यू हुँदा मन आत्तालीएपनि आत्मबल बलियो बनाएर काम गर्ने गरेको बताउनु भयो । तर उहाँले स्टार्फ नर्सहरुको मनलाई बलियो बनाउन सरकारले जसरी प्रोत्सान गर्नुपर्ने हो त्यो मात्रामा चाहि नगरेको भन्दै गुनासो गर्नु भएको छ ।

विस्वभर कोरोनाकै कारण कतिपय चिकित्सक र स्टाफ नर्सहरुले मृत्यूवरण गरिरहनु परेको छ । यो विषम् परिस्थितीमा पनि संक्रमितको उपचारमा खटिएका स्टाफ नर्सहरु प्रति राज्यले सम्भोधन गर्न आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले