फेरि पनि परदेशनै

खाडी र मलेसियाको कमाई यूरोप जाने लगानी बन्दै

 


दमक/
आफ्नै देशमा केहि पनि अवसर नदेखेर वा नभेटेर कामका लागि परदेशिने यूवाको जमात घटेकै छैन ।सर्वेक्षण गर्ने हो भने हरेक घरबाट कोहि न कोहि सदस्य रोजगारका लागि कुनै न न कुनै मुलुक पुगेका छन् । काम खोज्दै परदेशिनेको त्यत्रो ठुलो सपना पनि हुँदैन । सिमित आवश्यकता पुरा गर्न देशका नवौजवान यूवाहरु हरेक दिन हातमा हरियो पासपोर्ट बोकेर परदेशिने गरेका छन् ।
घरको दैनिक खर्च टार्न, छोराछोरीलाई भनेजस्तै पढाउन र एउटा घर बनाएर आनन्दले बस्न । परदेश जाने तयारी गरिरहेका यूवाहरुलाई तपाई केकालागि विदेश जाँन लाग्नु भएको भनेर प्रश्न सोध्यो भने आउने साझा जवाफ हो यो ।

झापाको हल्दिबारी गाउँपालिकाका सोमनाथ ढकालको सपना पनि यस्तै थियो । यहि सपना पुरा गर्न उहाँ सन् २००६ सालमा साउदि अरब जानु भयो । त्यहाँ करिब ३ वर्ष काम गर्नु भयो । त्यसपछि स्वेदश फर्कनु भयो । झण्डै ३ वर्षनै घरमा यत्तीकै बस्नु भयो । झण्डै ३ वर्षको साउदी अरवको कमाईले उहाँले खास प्रगती गर्न सक्नु भएन । जम्मा विवाह खर्च टार्यो ।


नेपालमा बसेको त्यो अवधिमा उहाँको उपलब्धी भनेको त्यहि विवाह नै भयो । विवाह गरेर उहाँ फेरि रोजगारका लागि मलेसिया जानु भयो । सन् २०१२ मा माथी उल्लेखीत सपना पुरा नभएपछि फेरि परदेशिनुको विकल्पनै भएन । उहाँको मलेसिया बसाई भने स।ाउदीको जस्तो छोटो अवधिमो भएन । करिव ९ वर्ष उहाँले मलेसियामा श्रम गर्नुभएको छ । आफ्नो यौवन उमेरको सबै शक्ति मलेसियालाई सिञ्चत गर्नु भयो । मलेसियाको कमाईले चाहि उहाँको जीवनमा केहि परिवर्तन ल्याएको विस्वास र दावी उहाँको छ । किनकी उहाँले अहिले बेग्लै घर बनाउनु भएको छ । केहि ठाउँमा घडेरीपनि जोड्नु भएको छ । यसलाई उहाँले मलेसियाको उपलब्धी भएको ठान्नु भयो ।


झण्डै ३ वर्ष साउदी अरव र ९ वर्ष मलेसियाको काम र कमाईले उहाँले घर -घडेरी त जोड्नु भयो । तर यत्तीका समय परदेश बसेर नेपाल आउँदा पनि यहाँ भने कुनै अवसर देख्नु नै भएन । फेरि पनि उहाँ बैदेशिक रोजगारको योजना बनाइरहनु भएको छ । खाडी र मलेसियाको दशक अनुभव गर्नु भएका उहाँ अव भने यूरोपको कुनै देश जाने योजनाका साथ प्रकृया पनि अघि बढाइसक्नु भएको छ । मलेसियाबाट फर्कदा अव चाहि नेपालमै केहि गर्छु भन्ने सोचका साथ फर्कनु भएको थियो । तर त्यो सोच अनुसार नेपालमा भने कुनै सम्भावना देख्नु भएन । कुनै ब्यापार व्यवसायमा लगानी गरेर नेपामलै ‘सेटल’ हुने सपना उहाँको पुरा हुन सकेन । त्यसपछि देख्न थालीयो यूरोपका देशको सपना ।

उहाँको बुझाईमा अहिले कोरोनाका कारण स्वेदशमा लगानी गरेर ‘सेटल’ हुने अवस्था नभएपनि अन्यबेलामै पनि यहाँको राजनैतिक अस्थिरता र छिन छिनमै फेरिने सरकारी नितिले स्वदेशमै काम गर्ने वातावरण नै बनेन । त्यसैले यी समस्याको समाधान भयो र राजनितीले स्थाइत्व साथै स्थिर सरकार बनेर समयानुकल परदेशबाट फर्केकाका लागि यहि प्रयोग गर्ने गरिको रणनिती बने काम गर्न सकिन्छ भन्ने उहाँले अनुभव गर्नु भएको छ ।

उहाँको अहिले सबै अचल सम्पती सहित जोड्ने हो भने ७० देखि ८० ला बराबरको छ । तर त्यो लगानी घर र घडेरीमै सिमित छ । सोमनाथको यो कमाई उहाँको एकल मात्र पनि होईन । साउदि अरवबाट फर्केपछि विवाह गर्नु भएकी श्रीमती पुष्पालाई पनि उहाँले सँघै लिएर मलेसिया जानुभयो । श्रीमती पुष्पाले पनि ४ वर्ष मलेसियामा श्रम गर्नु भयो । मलेसियाको कमाईले श्रीमानको सपना पुरा गर्नेमात्र होईन । उहाँको पनि बेग्लै सपना थियो । तर उहाँले पारीवारिक कारणले गर्दा आफ्नो सपनालाई तिलाञ्जली दिन पर्यो र घरको गृहणीमै चित्त बुझाएर बस्नु परेको छ ।


सोमनाथ र पुष्पाको जस्तै कहानी छ झापा दमक निवासी सोमराज ओलीको पनि । २४ वर्षको उमेरमा खाडी मलुक काम गर्न जानु भएको थियो । साउदी अरवमा उहाँले ६ वर्ष बिताउनु भयो । त्यसपछि फर्कनु भयो । एक डेढ वर्ष घर बसेर फेरि उहाँ कतार जानु भयो । कतारमा पनि २ वर्ष काम गर्नुभयो । त्यसपछि नेपाल फर्कनु भयो । अहिले उहाँको उमेर ३८ वर्ष पुगेको छ । सबैभन्दा बढि उत्पादनमुलक उमेर उहाँले खाडीका देशमा काम गर्दैमा बिताउनु भयो । यो अवधीमा उहाँले केहि न केहि कमाई पनि ल्याउनु भयो ।

विदेशमा काम गरेको अनुभव पनि उहाँसँग छ । तर न त्यो कमाईले उहाँलाई नेपालमै स्वरोजगार बनाउन सक्यो । नअनुभवले कसैले काम नै दिए । त्यसैले फेरि पनि उहाँ कामकै लागी भनेर रोमनियाको प्रयास गरिरहनु भएको छ । उहाँको बुझा छ कि नेपालमा कमाएको मासिक ५० हजार भन्दा बिदेशमा कमाएको ४० हजार नै ठुलो । किनकी विदेशमा एकमुष्ट हातमा रकम पर्छ । तर नेपालमा त्यस अनुरुप कमाई पनि हुँदैन ।

पैसा हात पर्ने वित्तिकै खर्च पनि सुरु भै हाल्छ । त्यसैले बचत गर्न नेपालको कमाईले नसकिने उहाँको बझाई छ । त्यहि बचत बढाउनका लागि र परिवरको सुखद भविष्यका लागि रोमनिया जाने सपनाका साथ उहाँले केहि अग्रीम रकम र राहदानी पनि मेनपावरमा बुझाईसक्नु भएको छ ।


सामान्य दैनिकी सञ्चालन गर्न पनि परदेशकै भर पर्नुपरेको छ । यी दुवै परिवारले आफ्ना दैनिकी सहज रुपमा पुरा गर्न नसकेपछि फेरि पनि परदेशीने योजना बनाएका छन् । एकपटक वैदेशिक रोजगारीमा गएर फर्केको व्यक्तिलाई नेपालमा नै रोजगारी, स्वरोजगार वा उद्यमसँग जोड्ने वातावरण केन्द्र, प्रदेश वा स्थानीय सरकारले गरेको देखिन्न । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार यसरी विदेशमा सीप सिकेर फर्केकाहरुको लगत राख्ने, उनीहरुलाई स्वदेशको उद्यमसँग जोड्ने दायित्व स्थानीय सरकारको हो ।

विप्रेषणमा आश्रित अर्थव्यवस्था चलाइरहेको नेपाल सरकारले पनि वैदेशिक रोजगारबाट केहि पुँजी र सीप सिकेर अनी काम गर्छु भन्ने जाँगेर बोकेर फर्केकाहरुलाई स्वदेशमा नै टिकाउने उपाय खोज्नु पर्ने हो । तर त्यस्तो नीति बन्न नसक्दा मलेसिया र खाडी गएर बर्षौं दुःख गरेर कमाएको रकम यूरोप जानका लागि लगानी हुन थालेको छ । रोजगारीका लागि दौडिने एउटा युवा सपनाको पछि दौडिदा दौडिंदै रित्तै हात हुने यो अवस्था अन्त्यका लागि तीनवटै तहका सरकारले त सोच्नै पर्दछ, स्वयं स्वदेश फर्केका युवाहरु पनि यसमा चनाखो हुन जरुरी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु