जोखिम झन झन बढ्दै

दमक कोभिड उपचार केन्द्रको सबै बेड भरिए-संक्रमितलाई आइसुलेसनमा भर्ना

 

दमक/
दमक नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड उपचार केन्द्र बेलडाँगीका सबै बेड भरिएका छन् । ३० बेडको क्षमता रहेको यो अस्पतालमा अहिले ३७ जना संक्रमित भर्ना भएका छन् ।

अस्पतालभित्र बेडको क्षमताले नधानेपछि अस्पतालकै छेउमा निर्मित आइसुलेनस सेन्टरमा संक्रमितलाई राखेर उपचार गराइरहिको कोभिड उपचार केन्द्र बेलडाँगी व्यवस्थापन समितीकी सदस्य सचिव देवि दंगालले जानकारी दिनुभयो । आइसुलेसन सेण्टर दमकका विभिन्न सामाजिक सघं-सस्थाहरुको साझेदारीमा निर्माण गरिएको हो ।

दमकका ३ अस्पतालका बेडहरु अहिले भरिन थालेका छन् । आम्दा अस्पताल दमकमा ३८ बेडमा कोरोनाको संक्रमितको उपचार गर्न छुट्याइएको छ । यसमध्ये २७ बेडमा बिरामी उपचार गराइरहेका छन् ।

यस मध्ये ४ जनाको भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै २३ बेडको क्षमता रहेको एडभान्स अस्पतालमा १७ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । यहाँ २ जना संक्रमितको भेण्टिलेटरमा राखेर उपचार गराइरहिएको छ ।

दमकका ३ वटा अस्पतालमा गरि अहिले ८० जना संक्रमितको उपचार भै रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु