कोरोना कहर र पुजी बजारमा परेको प्रभाव

 

अहिले कोरोनाका कारण प्राय सबै क्षेत्रहरु ठप्प छन् । यो बेला बैक तथा वित्तिय सस्थाहरुमा मौज्दात रकम थुप्रीएर बसेको छ । ती सस्थाहरुले अव कम ब्याजको प्रलोभनमा भएपनि त्यो मौज्दात रकमलाई लगानी गर्ने योजना बनाइरहेका छन् । अन्य क्षेत्रहरुपनि उस्तै छ । यसै सन्दर्भमा कोरोनाले शेयर मार्केटमा चाहि कस्तो प्रभाव पारेको छ भन्नेबारेमा नेपाल पुजीबजार लगानीकर्ता सघंकी अध्यक्ष राधा पोख्रेलले केहि टिप्पणी गर्नु भएको छ ।
सकारात्मक

घट्दो बजारमा सेयरको कुरा सुन्ने बित्तिकै नाँक खुम्च्याउनेहरु र सेयर बारे जानकारी नै नभएकाहरुले समेत निरन्तरको बढ्दो बजारसँगै चासो देखाउने गरेको पाईन्छ। जसरि भ्याकुम क्लिनरले फोहोरहरुलाई तानेर एकतृत गर्छ, त्यसैगरी बढ्दो बजारले पनि भ्याकुम बनेर लगानिकर्ताको पैसालाई सोहोरेर बजार पूँजीकरणको थुप्रोलाई बढाउँदै लैजान्छ। बजारको बढ्दो सरगर्मी सँगै पुराना, संस्थागत, अवसर कुरिरहेका तथा नवप्रवेशीहरुको संख्या बढ्दै जान्छ र यसले थप उचाईको आधार तय गर्दै जान्छ ।

४० लाख बढी डिम्याट खाता खुलेका छन्।
घट्दो ब्याजदर र अन्यत्र लगानिको उचित बातावरण नहुँदा सबै क्षेत्रको रकम सेयर बजारमै खनिएको छ।
दैनिक ज्ञण् अर्ब बढीको कारोबारले निरन्तरता पाउँदै गएको छ।
कोरोनाको कारण सोचेजस्तो खराब असर कम्पनीहरुमा देखिएको छैन। नाफा प्रभाबित नहुँदा कम्पनीहरुले लगानिकर्तालाई उचित प्रतिफल प्रदान गरेका छन्।
नेप्से परीसुचक निरन्तर उत्साहजनक रुपमा नयाँ नयाँ रेकर्ड राख्ने पथमा लम्कदैछ।
सेयर बजारको गरम माहौलले अस्त ब्यस्त राजनितिक परिवेशलाई समेत छायाँमा पारिदिएको अवस्था छ। साथै सकारात्मक अर्थमन्त्री बजारले पाएको छ ।

नकारात्मक

चौतर्फी दवाब झेल्न नसकेर अत्याधिक महँगो र दोहोरो कारोबार कमिशनमा ३३% कटौती गर्ने बाहेक नियामक निकायबाट लगानिकर्ताको हितमा कुनै ठोस कार्य हुन सकेको छैन।
बढ्दो भार सँगै सिडिएसले आफ्नो सिस्टमलाई अपग्रेड गरी समायोजन गर्न नसक्दा लगानिकर्ताले पाईला पाईलामा हैरानी खेप्नु परेको छ।
द्रुत गतिमा लगानिकर्ता बढे सँगै नयाँ लगानी कर्तालाई ब्रोकरकहाँ केवाईसी खोल्न, टि.एम.एस.लिन, समयमा भुक्तानी पाउन समेत सोर्स फोर्स लगाउनु पर्ने अवस्था छ।

निश्कर्शः
नियामक निकाय र सरोकारवाला निकायले अब पनि माथी उल्लेख गरिएको रकारात्मक र नकरात्मक बिचको खाडल पुरेर सेयर बजारलाई फराकिलो र लगानिकर्ता मैत्री बनाउन पहल नगर्ने हो भने भोलिको दिनमा धेरै लगानिकर्ताहरु यो बजार मेरो लागी हैन रहेछ भनेर बजारबाटै पलायन हुनेछन्। बजारमा पहुँचवाला र पाखुरी बलियो हुनेले मात्र गरिखाने बातावरणको कारण फलत अहिलेको उत्साह बेबौसमी बर्षाको फोका बनेर बिलय भएर जानेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु