खोपको कोटा

दमकका व्यवसायी र यातायात मजदुरलाई कोटामा खोप दिइने

 

दमक/
झापाको दमकमा बुधबारबाट अमेरिकन खोप जोज सोन एण्ड जोनसोन खोप अभियान सुरु हुँदै छ । यो अभियानमा दमकका व्यवसायी , यातायत मजदुर तथा अन्य विभिन्न क्षेत्रमा कार्यरतहरुले पनि पाउने भएका छन् । मंगलबार दिउँसो सार्वजनिक भएको खोप तालिकाको पहिलो बुदामै लेखिएको छ सुरक्षाकर्मी, दमक उद्योग वाणिज्य सघंका पदाधिकारी तथा व्यवसायी र सार्वजनिक यातायातका चालक तथा सह चालक । यो बुदाले दमकका सबै व्यवसायीले खोप पाइने हो कि भन्ने लाग्न सक्छ । तर त्यसो होईन ।

दमक उद्योग वाणिज्य सघंले पहिलो चरणमा २ सय जना अग्रपंक्तिका व्यवसायीका लागि माग गरेकोमा सोहि अनुसार खोप तालिकामा समेटिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन कुबेर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायीको अग्रपक्तीमा तरकारी तथा फलफूल व्यपारी, दुध तथा अण्डा ब्यापारी , माछा /व्यवसायी लगायत मात्रै पर्ने छन् ।

यदि यो समुहलाई लगाएर खोपको कोटा बचत भएमा बस्तुगत समुहका पधाधिकारी र त्यहाँबाट पनि बचत भएमा वाणिज्य सघंका पधाधिकारीहरुले लगाउने गरिको तयारी गरिएको सघंका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनु भयो । यसमा दमक उद्योग वाणिज्य सघंले नै समन्वय गर्ने सहमति पछि यस्तो निणर्य गरिएको भट्टराईले जानकारी दिनुभयो ।

यस्तै सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक पनि ३ सय जनाले मात्रै खोप पाउने छन् । यसको व्यवस्थापन दमक नगरपालिका अन्तगर्तकै यातायात तथा ट्राफिक व्यवस्थापन समितीले गर्ने छ । समिती अध्यक्ष प्रजापति सापकोटाका अनुसार सार्वजनिक बसमा काम गर्ने सबै चालक र सह चालक, यातायात मजदुरको सघंठनका पदाधिकारी, हल्का सवारी चालक संगठनका पदाधिकारीलाई पनि लगाइने छ । अन्य सिटि र टेम्पो चालकहरुलाई अर्को पटकको अभियानमा सहभागी गराइने उहाँले बताउनु भएको छ । यो सबै समुहलाई बुधबार १० बजे देखि ४ बजे सम्म इलाका प्रहरी कार्यालय भित्र खोप लगाइने दमक नगरपालिकाको सुचनामा उल्लेख गरिएको छ


यस्तै २० गतेनै स्वास्थ्यर्माी, सफाइकर्मि, भिसा लागेर बिदेश जाने व्यक्ति, एम्बुलेन्स चालक, शिक्षक र प्राध्यापक, बैक तथा बित्तिय संस्थाका कर्मचारी, सरकारी तथा संस्थानका कर्मचारी, पत्रकारलाई पनि खोेप लगाइदै छ । यो समुहका लागि भने दमक ६ पशुपति मन्दीरमा खोप केन्द्र तोकिएको छ ।

५० बर्ष उमेर समुहका ब्यक्ति तथा अपांगता भएका क र ख समुहलाई २१ गते बिहिबार भृकुटि आधारभूत विद्यालय दमक १, शिब मन्दिर दमक २ र दमक ३ को वडा कार्यालयमा लगाइदै छ । २२ गते यस्तै कृष्न मा.बि दमक ४, दिपिनि आधारभूत बिद्यालय दमक ५, पशुपति मन्दीर दमक ६, वडा काईलय दमक ७, मा र २३ गते जनता आधारभूत विद्यालय दमक ८, वडा काईलय दमक ९ , नगर स्वास्थ्य केन्द्र दमक १० मा लगाइने दमक नगरपालिकाद्धारा जारी सुचनामा जनाइएको छ । र अन्य अग्रपंतिमा खटीने जनशत्तिलाई २४ गते दमक नगरपालिकाको कार्यलयमा लगाइने दमक नगरपालिकाको स्वाश्स्थ्य शाखाले जनाएको छ ।

दमकमा जोनसोन एण्ड जोनसोन कुल १० हजार ७ सय डोज आएको छ । यस मध्ये ३ हजार ५ सय बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरका १८ वर्ष उमेर माथीका सबैलाई खोप लगाइने छ । बाँकी ७ हजार २ सय डोज खोप उल्लेखीत तालिकामा परेका स्थानिय समुहलाई लगाइने कोभिड फोकल पर्सन भट्टराईले जानकारी दिनुभयो । शरणार्थीलाई सोमबार २ हजार ३ सय ७४ जनालाई लगाइसकिएको छ । बाँकी छुटेकाहरुलाई कहि दिनभित्रै पूःन लगाइने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत