चेन ब्रेकको रणनिती के ?

लक डाउन गरेर के गर्दै छ दमक नगरपालिका ?

 

दमक/
दमकमा अत्याधिक कोरोना संक्रमित देखिए । मृत्यू हुनेको सख्या पनि बढ्न थाल्यो । अस्पतालका शैया भरिन थाले । अव थेग्न नसक्ने स्थिती भयो है भन्ने लागेपछि त्यसको चेन ब्रेक गर्न अहिले लक डाउन गरिएको छ । दमक नगरपालिकाले साउन ९ गते सर्वपक्षीय भेला गरेर ११ गते राती देखी लागुहुने गरि लक डाउन गर्यो । सुरुमा एक साताका लागि गरिएको लक डाउन यहि बिचमा जिल्ला प्रशाषन कार्यालयले जिल्लानै लक डाउनको घोषणा गर्योे ।
जिल्ला प्रशाषनले लक डाउन गरेपनि केहि प्रावधान राखेर केहि क्षेत्रहरुलाई सञ्चालन गर्न पाउने भन्नेबारेमा पनि अनुमती दिएको थियो । तर दमक नगरपालिकाले आफ्नो पहिलो चरणको लक डाउन सकिएपछि दोस्रो चरणको लक डाउन लगाउने बेलामा जिल्लाका केहि निणर्य दमकमा लागु नहुने भन्दै आफ्ना बेग्लै लक डाउनको मोडालिटि सार्वजिनक गर्यो ।

साउन १७ गते साँझ नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षमा बसेको कोभिड रोकथाम तथा व्यवस्थापन समितीले लकडाउनको मोडालिटि परिबर्तन गर्दै एक साता लक डाउन थपेको छ । थपीएको लक डाउन अहिले चलिरहेको छ । लक डाउने गरेरनै कोरोनाको चेन ब्रेक गर्न भनेर नगरपालिकाले न्यूनतम २ हप्ता लक डाउने गर्ने जनाएको छ । तर २ हप्ता लक डाउन गरेर नगरपालिकाले यो अवधिमा चाहि के- के काम गर्ने जसले कोरोनाको चेन ब्रेक गर्न सकियोस ।

परिक्षण र निरिक्षण बढाइयो

दमक नगरपालिकाले हप्तामा ३ दिन कोरोना परिक्षण गर्ने गरेको छ । हप्तामा एक दिन सोमबार पिसिआर मार्फत स्वाब संकलन गरेर परिक्षणका लागि पठाउने गरेको छ । यो काम लक डाउन अघि ५० देखि १ सय जनामा सिमित थियो । तर लक डाउन सुरु गरेपछि यसको दायरा बढाइएको दमक नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पिसिआर मार्फत हप्तामा २ सय देखि २ सय ५० जना सम्मको पिसिआर गरिन्छ । यस्तै एण्टिजेन हप्तामा २ दिन बुधबार र शुक्रबार गरिन्छ । लक डाउन अघि सम्म बढिमा १ सय जनाको एण्टिजेन मार्फत परिक्षण गरिएको कोरोना अहिले ३ सयको हाराहारीमा परिक्षण गर्न थालीएको भट्टराईले बताउनु भयो । साथै संक्रमित भएर होम आइसुलेनमा बस्नेहरुको निगरानीमा पनि ध्यान दिइएको उहाँको भनाई छ । कहि ठुलो मात्रामा परिक्षण गर्नु परेमा समुदायमै गएर कन्ट्रयाक ट्रेसिङ सहितको परिक्षण गरिरहिएको उहाँको भनाई छ । होम आइसुलेसनमा बसेका संक्रमितहरुलाई न्यूनतम औषधिहरुपनि पुर्याउने गरिएको जनाइएको छ ।

फरक नितिका साथ काम सुरु

दमकमा भएको लक डाउन पूणर् रुपमा कार्वान्वायन हुन सकेको छैन । यसको प्रमुख कारण हो , पूवै पश्चिम राजमार्गमा चल्ने सार्वजनिक यातायात । यसले गर्दा नागरिकको हिडडुललाई नियन्त्रण गर्न सकिएको छैन । तर पनि यसको दमकमा कडा लक डाउन गरिएको दावि निरन्तर नगरपालिकाले गरिरहेको छ । यसै बिचमा पछिल्लो पटकको लक डाउनको मोडालिटिमा परिमार्जन गर्दै प्रभावकारी रुपमा अघि बढ्ने योजना बनाइएको नगरकी प्रवक्ता तथा उप प्रमुख गीता अधिकारीले बताउनु भयो । जिल्ला स्थित जिल्ला प्रशाषन कार्यालयले जिल्लाभर लक डाउन जारी गरेको आदेशमा पनि नगरको जोखिमका आधारमा केहि परिमार्जन गरेर माडालिटि परिवर्तन गरिएको उहाँको भनाई छ । सडकमा हुने चहल पहलमा कमी आउने विस्वास नगरको छ ।

उपचार गर्र्ने अस्पतालको क्षमता बढाउन भने सकिएको छैन । दमक नगरपालिका मार्फत सञ्चालित दमक अस्पतालको कोभिड उपचार केन्द्रमा ३० बेड छ । अहिले त्यहाँ यसको क्षमता भन्दा बढि बिरामी छन् । उप- प्रमुख आफैले संक्रमित बढेको र अस्पलतालको क्षमताले धान्न मुस्किल भएको बताउनु भएपनि त्यसको क्षमता बिस्तार गर्न के गरिदैछ भन्नेबारेमो योजना भने सुनाउनु भएन । उहाँले अवस्था जटिल बन्दै गएकाले सबैले संयमता अपनाउनु पर्ने बताउनु भयो । संयमता अपनाए मात्रै कोरोनालाई पराष्त गर्न सकिने उहाँको भनाई छ । सबैको साथ र सहकार्यबाट मात्रै महामारी जित्न सकिने भएकोले हातेमालो गर्न पनि उहाँको आह्वान रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले