होटलको हविगत

पर्यटन क्षेत्र चलायमान नबनाए होटलहरु बन्द हुने : व्यवसायी

दमक/
झापामा मात्रै होटलहरुमा मासिक ५ अर्व रुपैँया कारोबार हुन्छ । प्रदेश १ को कुरा गर्ने हो भने ८ अर्व भन्दा माथी हुन्छ । तर अहिले यो कारोबार २० प्रतिशत भन्दा कममा झरेको छ ।

होटल व्यवसायी सघं प्रदेश १ का अध्यक्ष राजन दंगालले उज्यालो खवरसँग कुरा गर्दै भन्नु भयो अव पनि पर्यपटकीय क्षेत्रको पहिचान गरेर त्यसमा पर्यटकलाई चलायमान नबनाउने हो भने धेरै होटलहरु धारासायी बन्ने छन् ।

कोरोना कालबाट भर्खरै तंग्रदै गरेको होटल व्यवसाय अहिलेको संकटपूणर् अर्थतन्त्रले थप समस्यामा परेको दंगालको भनाई छ । आज दमकमा होटल व्यवसायी सघं माई पश्चिमको क्षेत्रीय समितीले सम्पन्न गरेको कार्यक्रममा उज्यालोसँग कुरा गर्दै दंगालले भन्नु भयो ‘होटल व्यवसाय गर्ने र यसमा आश्रीत परिवार अहिले धेरै समस्यामा छन् । यसको निकास सरकारको कुन तहले कसरी निकाल्ने हो निकाल्नु पर्यो ।’

पर्यटन उद्योगको एउटा बलियो खम्बाका रुपमा रहेको होटल व्यवसायलाई उकास्ने कुरामा संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको ध्यान पुग्न नसकेको गुनासो उहाँको छ । ‘मझौला तथा साना होटल व्यवसायीहरुले सरकारले दिएको विद्युत महशुलको छुट उपभोग गर्न नपाएको, अन्य प्रदेशमा जस्तो प्रदेश १ मा विदेशी पर्यटकहरुलाई ओसारपसार गर्नका लागि निलो प्लेटको गाडी चलाउन नपाएको तर पर्यटकीय होटल दर्ता गर्दा लाग्ने ५ लाख धरौटी रकम भने घटाएर १ लाखमा ल्याउन आफूहरु सफल भएका छौ ।’ ।

दंगालले अहिले होटल व्यवसायीहरुलाई बैंकको चर्को व्याज तिर्न धौ धौ परिरहेकाले सो मा न्यूनीकरण गरी समग्र होटल व्यवसायलाई माथि उठाउन राहत प्याकेजका कार्यक्रमहर ल्याउनुपर्ने धारणा राख्नु भयो ।

समितीको १४ औ साधारणसभा सम्पन्न

होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकले आफ्नो १४ औं वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

झापाको दमक-२ भाङबारीस्थित हाम्रो दमक फन पार्कमा भएको सो कार्यक्रममा प्रमुख अतिथी दमक नगरपाकिलाका प्रमुख राम कुमार थापा रहनु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले होटल व्यवसायीहरु संगठित भएर आफ्ना पीर मर्का र समस्या समाधानका लागि एकभएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

कार्यक्रमको उद्घाटन सत्रमा होटल व्यवसायी संघ दमकका अध्यक्ष तथा कार्यक्रमको समेत अध्यक्षता गरेका योगराज दंगालले संस्थाको वार्षिक प्रतिवेदन तथा आय व्यय विवरण पेश गर्दै होटल व्यवसायीहरुको हक, हित र अधिकारका लागि साथै परेका समस्याहरुको सम्बन्धित निकायमा पुगेर समाधान गर्न आवश्यक पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघका महासचिव भुपेन्द्र न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य राजकुमार गौतमले राखेका थियो ।

बनभोज कार्यक्रम भएकाले विभिन्न गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । संघले विभिन्न समयमा स्वास्थ्य शिविर, फुड फेष्टिबल र सचेतनाका कार्यक्रमहरु गर्दै आएको छ । दमकमा करिव साढे ३ सय होटल व्यवसायीहरु संघमा आवद्ध रहेका छन् ।

बनभोज कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा वडाध्यक्षहरु क्रमशः ५ का इन्द्र बहादुर गुरुङ, ६ का टेकबहादुर थापा, ७ का भिम प्रसाद पौडेल र ८ का दिपेश दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु