नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ ।‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ देखि २३ सम्म हुने भारत भ्रमणअघि दुई देशबीच हवाई सम्पर्क विस्तारका विषयमा छलफल हुने समाचार सार्वजनिक भएका थिए ।

 

ती समाचारमा भारतले पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलबाट आवतजावत गर्ने नागरिक उडानका लागि नेपालको आकाशमार्ग प्रयोग गर्न चाहेको उल्लेख थियो । तर, सैन्य विमानसम्बन्धी प्रस्ताव गरिएको भन्ने दाबीलाई भारतले अस्वीकार गरेको हो ।प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै हुनुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शाह प्रधानमन्त्री बनेपछि भारतको पहिलो भ्रमण तथा प्रधानमन्त्रीका रूपमा पहिलो द्विपक्षीय विदेश भ्रमण हो । उहाँ सन् २०२६ मार्चमा प्रधानमन्त्री बन्नु भएको थियो ।भारतीय विदेश मन्त्रालयका अनुसार शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नु हुने छ भने सोमबार प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–भारत सम्बन्धको समग्र समीक्षा तथा क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा विचार आदानप्रदान हुने बताइएको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार शाह नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली जानु हुने छ । उहाँसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल रहने छ ।परराष्ट्र सचिव अमृतबहादुर रायले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुने र त्यसपछि संयुक्त पत्रकार सम्मेलन गरिने जानकारी दिनु भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नु हुने छ ।भ्रमणका क्रममा ऊर्जा र सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा आगामी परियोजनाको शिलान्यास गर्ने तयारी छ । व्यापार, पारवहन, लगानी, ऊर्जा, कनेक्टिभिटी र पूर्वाधार विकासलाई छलफलको प्राथमिकतामा राखिएको छ ।

 

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने विषय पनि छलफलमा रहने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा नेपाल–भारत व्यापार मञ्चसमेत आयोजना हुनेछ। उक्त मञ्चमार्फत नेपालमा भारतीय लगानी आकर्षित गर्ने र दुवै देशका व्यवसायीबीच साझेदारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध र जनस्तरको निकटतामा आधारित मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेको छ । पछिल्लो समय व्यापार, विकास साझेदारी, ऊर्जा, जलस्रोत तथा भौतिक र डिजिटल सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार हुँदै गएको मन्त्रालयको भनाइ छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु