सुन्तलाको सुन्दर ब्यापार

ओखल्ढुङ्गामा २६ मेट्रिक टन बढी सुन्तला उत्पादन, ५ करोडको बिक्रि

 

ओखलढुङ्गा/
यस वर्ष ओखलढुंगामा पाँच करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र ओखलढुंगाको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष ०७९/८० मा पाँच करोड मूल्यबराबरको सुन्तला उत्पादन भएको हो।

जिल्लामा दुई सय ६७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ गणेश अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा २६ मेट्रिक टन बढी सुन्तला फलेको छ। आर्थिक वर्ष ०७८/७९ मा आठ सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

यस वर्ष उत्पादन भएको सुन्तला जिल्लामा प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री गर्दा पाँच करोडभन्दा बढी रकमको हुने कार्यालयका निमित्त प्रमुख हेमबहादुर आलेको भनाइ छ। समयमै पानी परेको र रोग किरा कम लागेकाले सुन्तला उत्पादन बढेको उहाँले जानकारी दिनुभयो ।सुन्तला बोटमै अहिले ६० देखि ८० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ। स्थानीय बजारमा सुन्तला प्रतिकिलो ८० देखी एक सय २० रुपैयाँमा बिक्री भइरहेको छ। जिल्लाको सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ र सुनकोसी गाउँपालिकाको माथिल्लो क्षेत्रमा सुन्तला खेती गरिन्छ ।

विगतका वर्षहरूमा प्रशस्त सुन्तला उत्पादन हुने मानेभञ्ज्याङ गाउँपालिकाको उँबु, वाक्सा, उदयपुर र माधपुर क्षेत्रमा भने सुन्तला मासिँदै गएको कार्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु