संघंको सकृयतामा प्रश्न

दमक उद्योग वाणिज्य सघं : कुल सदस्यको आधाले पनि नविकरण गरेनन्,‘राजनैतिक हावीले सस्थाको गरिमा खुम्चदै’

दमक/
दमक उद्योग वाणिज्य सघंको ३१ औ साधरण सभा सुक्रबार निकै ताम झाम सहित सम्पन्न भयो । हलभरी सदस्यहरुको उपस्थिती रहेको थियो ।
आगामी माघ सात गते नयाँ नेतृत्व छान्ने मिती तय गरेको सस्थाले आफ्ना सम्पूणर् सदस्यहरुबाट सदस्यता नविकरण भने गराउन सकेन ।

५ हजार बढी सदस्य रहेको यो सस्थामा २ हजार हाराहारीले मात्रै नविकरण गरेको सस्थाले नै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
लेखा समितीले सार्वजनिक गरेको प्रतिवेदनले जनाए अनुसार कुल ५ हजार ४० सदस्य रहेको सस्थामा २ हजार २८ जनाले मात्रै नविकरण गरेका छन् । समितीले यसमा सुधार गर्न सुझाव पनि दिएको छ ।

खोम प्रसाद वगाले संयोजक रहेको यो समितीले संघको सदस्य संख्या घटेको हुँदा आवश्यक निती बनाइ सदस्यता निवकरण थप गर्न सुझाव दिएको छ ।

राजनैतिक हावीले सस्थाको गरिमा खुम्चदै

खासगरि निर्वाचन ताका उम्मेदवार र उम्मेदवारका आकक्षीहरुले अगाडी देखीनै आफ्ना पक्षका वा आफुलाई निर्वाचनमा भोट हाल्ने सहमती गराएर नविकरण गरिदिने प्रबृतिले पनि सदस्यहरुमा नविकरणको गर्नु पर्छ भन्ने दायीत्व कम भएको हुन सक्ने पूर्व अध्यक्ष बिजय बरालले बताउनु भयो ।

‘ चुनावका बेलामा लाखौ खर्च गरेर निर्वाचनमा लड्ने र त्यसपछि आफु पदमा पुगेपछि व्यवसायीको हितकालागी सकरात्मक कामहरु कमै भएकाले पनि सघंं प्रति व्यवसायीको आकर्षण कम भएको हुनु पर्छ ।’

बरालले उज्यालो खवरसँग कुरा गर्दै भन्नु भयो । ‘त्यो भवन पनि हामीले नै बनाएका हौ ,नयाँ आएकाहरुले माथी ट्रस्ट लगाउने र भित्रको हललाई केहि व्यवस्थापन गरे, हामीले नयाँ उद्यमी उत्पादन गर्न भनेर इलम प्रशिक्षण केन्द्र मार्फत काम गर्नकालागि जग्गा पनि व्यवस्थापन गर्यौ तर त्यसलाई समेत अहिलेका पदाधिकारीले प्रयोग गर्न सकेका छैनन् । ’ बराल भन्नु हुन्छ ।

पछिल्लो समय पद र कुर्सीको मोहकालागि चुनावमा लाडने तर भएको सम्पतीको समेत संरक्षण र प्रयोग गर्न नसकी बेवारिसे बनाइदिने, उद्योगी व्यवसायी भन्दा पनि राजनैतिक गतिविधि बढी गर्ने प्रबृद्धिका कारण पनि सघंमा पुराना सदस्यहरुले नविकरण नगरेको हुन सक्ने उहाँको ठम्याई छ । यसले पछिल्ला समय संघमा राजनैतिक हावि हुँदै गएको र व्यवसायीका मुद्धा भन्दा राजनैतिक मुद्धा बोक्नेहरु नेतृत्वमा पुगेका कारण सस्थाको गरिमा खस्कदै गएको बरालको टिप्पणी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु