दमक/
माघ ६ गतेकालागि निर्वाचनको मिति तोकिएको दमक उद्योग वाणिज्य सघंमा सुक्रबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
पदाधिकारी सहित २४ पदकालागि ४२ जनाको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ । समिती संयोजक लिला गुरागाईका अनुसार अध्यक्ष पदमा देवि प्रसाद गुरागाई (गोपाल) र बिमल खतिवडाले उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएको छ ।
यस्तै बरिष्ठ उपाध्यक्षमा राजु खड्का र राजन दंगाल, प्रथम उपाध्यक्षमा राजकुमार योङया र भरत चौलागाई, द्धितिय उपाध्यक्षमा ज्ञाननाथ पौडेल, लक्की सिटौला र रमेश लुइँटेल साथै तृतिय उपाध्यक्षमा रुवल अधिकारी र अशिम राईले मनोनयन दर्ता गर्नु भएको छ । यसै गरि महिला उपाध्यक्षमा सुस्मा निरौला केसि र लोकमाया ढुङगाना (सजु बुढाथोकि) को मनोनयन दर्ता भएको गुरागाईले जानकारी दिनुभयो ।
यसै गरि खुल्ला कार्यसमिती सदस्यमा हेमसागर अधिकारी, जय प्रसाद बिमली, मेघनाथ फूयल, मोहन सिवाकोटि, कमल कटुवाल, टिकाराम खतिवडा, सुवासचन्द्र गड्तौला, तुलसीराम तिम्सिना, कृष्णराज दाहाल, मोहन मगर, उमेश गजमेर डम्बर बहादुर खड्का, लोकनाथ सापकोटा, कृष्ण प्रसाद अधिकारी र चिरन न्यौपानेले मनोनयन दर्ता गराउनु भएको छ ।
कार्यसमिती सदस्यकै बस्तुगत तर्फ ८ जना उम्मेदवारले मनोनयन दर्ता गराउनु भएको छ । जसमा अञ्जना ताम्राकार, विवेक श्रेष्ठ, भेनस श्रेष्ठ, तिल बहादुर डाँगी, संजीव बराल, प्रकाश नेपाल, रिङ कुमार आचार्य र दिपक प्रसाद गौतम रहनु भएको छ ।
यस्तै महिला सदस्यहमा गंगादेवि अधिकारी, संगिता तुम्वापो र कविता अधिकारी रहनु भएको छ । यता लेखा समिती संयोजकमा नेत्र प्रसाद चौँलागाई र मुकुन्द आचार्यले उम्मेदवारी दिनु भएको छ भने दुई सदस्यहरुमा पदम बहादुर राउत र सडानन्द घिमिरे रहनु भएको छ । दुइजना मात्रै आवश्यक लेखा समिती सदस्यको पदमा भने दुइजनाको मात्रै उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको छ ।
अध्यक्ष उम्मेदवारका आ-आफ्नै दावी
वर्तमान बरिष्ठ उपाध्यक्ष देवि प्रसाद गुरागाई (गोपाल)ले अध्यक्षमा उम्मेदवारी दिनु भएको छ । संघमा निरन्तर कार्यसमिती सदस्य देखि बरिष्ठ उपाध्यक्ष सम्मको अनुभव गरेकोले यस पटक आफु अध्यक्षको उम्मेदवार बनेको बताउनु भयो ।
यस अघीका हरेक पटकको निर्वाचनमा उहाँ नेकपा एमाले र त्यसको संगठनले गरेको सिफारिसमा निर्वाचन जीत्दै आउनु भएको थियो । तर यो पटक भने उहाँले आफु आवद्ध रहेको पार्टि र संगठन परित्याग गरेर नेपाली काग्रेस प्रवेश गर्नु भएको छ । आफुले संघर्ष गरेको पार्टि र संगठनले अन्तिममा आएर अरु कसैको नाममा अध्यक्ष पदको नाम सिफारिस गर्ने भएपछि क्षमता भएका व्यक्तिहरुले त्यहाँ अवसर नपाउने रहेछन भनेर अर्को पार्टि प्रवेश गरेको प्रष्ट पार्नु भएको छ । आफु निरन्तर दमकका व्यवसायीको हितमा काम गरिरहेकोले यो पटक आफुले अध्यक्षमा जीत हाँसिल गर्ने दावि गर्नु भयो ।
यता अघील्लो पटकपनि अध्यक्ष पदमा उप- बिजेता बन्नु भएका बिमल खतिवडा यो पटक पनि अध्यक्षको उम्मेदवार बन्नु भएको छ । उहाँले व्यवसायीको अहिलेको वर्तमान समस्या समाधान गर्न, दमकमा आर्थीक चलायमान गराउनकालागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनु भयो । यस अघी आफु बरिष्ठ उपाध्यक्ष भएको बेला सुरुवात गरेको व्यवसायी हित कोष जस्ता व्यवसायीमुखी कार्यक्रम बनाएर व्यवसायीको सहयोगी बन्न आफु उम्मेदवार बनेको प्रतिकृया दिनु भएको छ ।
सुक्रबार मनोनयन दर्ता गराएकाहरुले आगामी २ गते आईतबार सम्ममा नाम फिर्ता लिन पाउने गरिको निर्वाचन तालिका बनाइएको छ ।
दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई पालिका पछिको दोस्रो दर्जाको निर्वाचनको रुपमा यहाँ हेरिने भएकोले पनि यसको चासो आम दमकबासीमा बढ्ने गर्दछ ।
(भिडियो रिपोर्ट )










