बरिष्ठका कुरा

दमक उवासघं निर्वाचन , बरिष्ठ उपाध्यक्षका एजेण्डा कस्ता(भिडियो रिपोर्ट)

दमक/
दमकका उद्योगी तथा व्यवसायीलाई अहिले चुनाव लागेको छ । हरेक तीन/तीन वर्षमा हुने दमक उद्योग वाणिज्य सघंले नयाँ नेतृत्व पाउनकालागि निर्वाचनको तयारी गरिरहेको छ । यसै सन्दर्भमा सुक्रबार विभिन्न पदका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

 

सर्वसम्मत नेतृत्व चयन गर्न अन्तिम समय सम्म प्रयास गर्दा पनि हुन नसकेपछि अन्तत्वगत चुनाव नै हुने भएको हो । सघंले आफ्नो निर्वाचन कार्यतालिका सार्वजनिक गर्यो । सो तालिका अनुसार विभिन्न उम्मेदवारहरुले आ आफुले रोजेको र योग्य ठानेका पदमा मनोनयन दर्ता गराइसके । अव अहिले मनोनयन दर्ता गराएका हरु बजारमा निस्केर आफ्ना चुनावी प्रचारका कार्यक्रम गर्न थालीसकेका छन् ।

 

बरिष्ठ उपाध्यक्ष पद सस्थाको दोस्रो बरियताको पद हो । यसमा यस अघी कार्यसमितीमा बसेर काम गरिसकेकाहरुले दावि गर्न पाउँने छ । यो पटक बरिष्ठ उपाध्यक्षमा दुई यूवा उम्मेदवार बिच कडा प्रतिस्पर्धा देखिएको छ । प्रगतिशिल प्यानलबाट उम्मेदवार बन्नु भएका राजन दंगाल र लोकतान्त्रीक प्यानलबाट उम्मेदवार बन्नु भएका राजु खड्का बिच प्रतिस्पर्धा हुने भएको हो ।

 

दंगाल होटल व्यवसायी सघं प्रदेश १ को अध्यक्ष हुनहुन्छ । माई पश्चिम होटल व्यवसायी सघंको दुई कार्यकाल समेत सम्हाली सक्नु भएका उहाँसग व्यवसायीक नेतृत्व गर्ने क्षमता देखिन्छ । उहाँ आवद्ध रहेको संगठनमा रहँदा होटल व्यवसायीको मुद्धालाई सरकारका तीन तह सम्मै प्रभावकारी रुपमा राख्न सफल हुनु भएका दंगालले यो पटक भने सबै उद्यमी र व्यवसायीमा मुद्धा बोक्ने अठोट गर्नु भएको छ । यसकालागी दमक उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदले आफुलाई मद्यत गर्ने उहाँको विस्वास छ । ‘अहिले चल्नै नसकेको व्यापारलाई कसरी चलायमान गराउँने ? त्यो बारेमा योजना बनाएर अघी बढ्न यो पटक दमक उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । दंगालले बताउनु भयो ।

यता लोकतान्त्रीक प्यानलबाट बरिष्ठ उपाध्यक्षको उम्मेद्धवार रहनु भएका राजु खड्का आफु व्यवसायीमाझ चिरपरिचित रहेको र उद्योगी व्यवसायीको समस्या महसुस गर्न सक्ने उम्मेदवार रहेको दावि गर्नु हुन्छ । कम उमेरमै व्यवसायीक क्षेत्रमा आफ्नो प्रभाव जमाइरहनु भएका खड्काकालागि सघंको निर्वाचनले सँधै साथ दिइरहेको छ ।

 

कार्य समिती सदस्य हुँदै प्रथम उपाध्यक्ष भएर काम गरेको र यसले अफुमा धेरै कुराको अनुभव गराएको हुँदा पनि यो पटक बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो । यहाँ बसेर उद्योगी र व्यवसायीकालागि केहि रचनात्मक काम गर्न सकिने रहेछ , तालिमहरु गराएर गरिरहिएको व्यवसायलाई थप परिस्कृत गराउन सकिने रहेछ । यस्ता काम गर्न आफुले उम्मेदवारी दिएको उहाँको भनाई छ ।
सघंको माघ ६ गते निर्वाचन हुँदै छ । २४ पदका लागि अहिले विभिन्न पदमा गरेर ४२ जनाले उम्मेदवारी दिएका छन् ।

भिडियो रिपोर्ट

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु