दमक/
दमक उद्योग वाणिज्य सघंको निर्वाचन आउँन अव एक दिन मात्रै बाँकी छ । निर्वाचनमा दुईवटा प्यानल होमिएका छन् । सदस्य पदमा एक जना स्वतन्त्रबाट पनि हुनुहुन्छ ।
दुई प्यानलहरुले दमक उद्योग वाणिज्य सघंमा निर्वाचित भएर जाँदा केके गर्ने भन्नेकुराका प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
बिमल खतिवडाको टीमले एक औपचारिक कार्यक्रमको आयोजना नै गरेर यस्तो प्रतिवद्धतापत्र सार्वजनिक गर्यो भयो गोपाल गुरागाई नेतृत्वको टिमले औपचारिकरुपमा सार्वजनिक गरेन ।
बिमल प्यानलका ३० प्रतिवद्धता जहाँ केहि भने सरकारी निती कार्यक्रम जस्ता
खतिवडाले केहि दिन अघी दमक स्थित पशुपति मन्दिरमा दमकका केहि उद्योगी तथा व्यवसायीको उपस्थितीमा आफ्ना प्रतिवद्धछाहरु सार्वजनिक गर्नु भयो । उहाँले सार्वजनिक गरेका ३० वटा प्रतिवद्धता मध्ये केहि प्रतिवद्धता चाहि सरकारले घोषणा गर्ने कार्यक्रम जस्ता छन् ।
जस्तै की दमक उद्योग वाणिज्य संघ आबद्ध महिला उद्यमी सुत्केरी भएमा पोषण खानाको लागि रु १०,०००/- प्रदान गरिने , दमक उद्योग वाणिज्य संघका नविकृत सदस्य मृगौला पिडित भएमा मासिक रु ३०००/- प्रदान गरिने र नविकृत सदस्य मुटुको विरामी भएमा मासिक रु ३००० प्रदान गरिने ।
यी कार्यक्रमहरु सरकारले बनाउने निति तथा कार्यक्रममा समावेश हुनुपर्ने हो । तर यहाँ सघंको निर्वाचनमा पनि यस्ता प्रतिवद्धता आएका छन् ।
यी प्रतिवद्धताले दमकका व्यवसायीहरुमा सस्था प्रति आकर्षण बढाउन र सस्थामा अपनत्व महसुस गराउन ल्याइएको भन्ने तरिकाले बुझीएको छ ।
यो कसरी कार्यान्यावन हुन सक्छ भन्ने कुरामा खतिवडाले भन्नु भयो ‘दमकका अहिले करिव २० हजार व्यवसायीहरु हुनुहुन्छ । यी मध्ये सघंमा आवद्ध नभएका उद्योगी , व्यवसायी धेरै हुनुहुन्छ । करिव २० मध्येबाट १० हजारलाई मात्रै एक वर्ष भित्रमा आवद्धता गराइयो भने ती व्यवसायीहरुले सदस्य बन्दा तिर्ने शुल्क र त्यो शुल्कलाई एक मुष्ट गरि बैंकमा राख्दा आउने ब्याजले नै उद्योगी र व्यवसायीलाई सहयोग गर्ने गरिको काम गर्न सकीन्छ । ’
योजना अलीक महत्वकाक्षी भएन र भनेर उज्यालोले सोधेको प्रश्नमा खतिवाडा भन्नु हुन्छ ‘ अहिले सघंमा सञ्चालन भइरहेको व्यवसायी हित कोषलाई पनि यसरीनै महत्वकाक्षी योजना भनेर खिल्ली उडाइएको थियो । तर अहिले यो योजनानै सबैभन्दा बढी लोकप्रीय भएको छ । ’ काम गर्ने इच्छाशक्ति हुनुपर्छ दमकका व्यवसायीक सुरक्षा र व्यापारिक गतिविधि बढाउन सघंको नेतृत्वमा धेरै काम गर्न सकिने खतिवडाले बताउनु भयो ।
खतिवडा प्यानलेका अन्य प्रतिवद्धताहरुमा संघमा १० वर्ष नियमित नविकरण भएका फर्महरूको नविकरण शुल्कमा ५०% छुट दिइने, संघमा ५ वर्ष नियमित नविकरण भएका फर्महरूको नविकरण शुल्कमा २५% छुट दिइने , शारीरिक रूपमा अपाङ्गता भएका उद्यमी व्यवासायी संघको सदस्य बन्न आएमा दर्ता शुल्कमा १००% र नविकरणशुल्कमा ७५% छुट दिइने , महिलाको नाममा सञ्चालनमा रहेको फर्म दमक उद्योग वाणिज्य संघमा दर्ता गर्न आएमा दर्ता शुल्कमा ५०% र नविकरण शुल्कमा ५०% छुट दिइने जस्ता बुदाले सघंमा आवद्ध भएका सदस्यहरुको सम्मान र संघ प्रतिको आकर्षण बढ्न सक्ने देखिन्छ ।
दमक क्षेत्रलाई १ नं. प्रदेश भरिकै औधोगिक तथा व्यापारिक हबको रूपमा विकशित गर्ने दिर्घकालिन योजना तर्जुमा गरिने , स्थानीय व्यापारको विकास र पर्यटन प्रवर्द्धनका लागि औद्योगिक तथा कृषि महोत्सवको आयोजना गरिने , स्थानीय स्तरबाट उत्पादित अर्गानिक खाद्य बस्तुहरुको बजारीकरणका लागि निर्माणाधिन कृषि बजारको व्यवस्थापनका साथ नियमित र दीर्घकालिन संचालनको निम्ति दमक नगरपालिकासँग सहकार्य गरिने स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय उत्पादन र बस्तु प्रदर्शन गर्ने प्रदर्शनी स्थल निर्माणको निम्ति दमक नगरपालिका र व्यापार तथा निर्यात प्रवद्धन केन्द्र (त्भ्एऋ) को आर्थिक एवं प्राविधिक सहयोगमा प्रदेश स्तरको स्थायी प्रदर्शनी स्थल निर्माण गराइने जस्ता प्रतिवद्धताले अहिलेको सुस्त ब्यापारलाई बढाउन सक्ने अपेक्षा गर्न सकिने छ ।
सार्वजनीक शौचालय र पार्किङलाई गोपाल प्यानको प्राथमिकता
यता गोपाल प्यानलको टिमले सार्वजनिक गरेको प्रतिवद्धतामा सार्वजनिक शौचालाय र पार्किङका कुरामा जोड दिइएको देखिन्छ ।
यी कामपनि मुख्यरुपमा सरकाकै तहबाट गरिनु पर्ने हो तर यहाँ सघंको तर्फबाट सार्वजनिक भएको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
दमक बिकसीत हुँदै गएको शहर हो ।
यहाँ हरेक चोकमा एक एक सुविधा सम्पन्न शौचालाय हुनु पर्छ र यसले दमकलाई सफा र सुन्दर बनाउन मद्यत गर्छ गुरागाईले आफुहरुको पहलमा यो शौचालय स्थापना गराइने बताउनु भयो ।
यस्तै दमकका बढ्दो जनघनत्व र यसले सडकमा देखिएको असरलाई न्यूनिकरण गर्नकालागि खुल्ला पार्किङ बनाउने प्रतिवद्धता पनि गुरागाई टिमको छ ।
बजारका चोक चोकमा फ्रि वाईवाई जडान गरिने पनि यो प्रतिवद्धतापत्रमा छ । जुन अहिले नै पनि वडा सरकार र केहि ठाउँमा वल्र्ड लिङले पनि गरिरहेको छ ।
अहिलेको आर्थिक तरलताले पारेको प्रभाव र यसको न्यूनिकरणकालागि ब्यापारीक चलायमान बनाउने योजना गुरागाई प्यानलमा खासै परेको देखिदैन ।
करका दर र समस्या र यसको न्यूनिकरणकालागि गरिने पहल दुवै प्यानका साझा मुद्धा छन् । सिसि क्यामारा जडान र सुरक्षा गार्ड राख्ने बुदा दुवै प्यानलका साझा एजेण्डा छन् ।










