दमक/
किसानका कष्टै कष्टका मात्रै कुरा प्राय सुनिन्छ । उत्पादनको लागत धेरै भयो , किसानले आफ्नो लगात पनि उठाउन सकेनन् । बिचौलियाको बिगबिगी भयो । आफ्नो उत्पादनको मुल्य किसान आफैले राख्नै पाएनन् । यस्तै यस्तै । तर झापामा पनि राष्ट्रिय खाद्य बैंकले किसानको जमिन भाडामा लिएर किसानलाई नै काम लगाउँदै ज्याला र भाडा दिदै बिभिन्न जातका वास्मती चामल उत्पादन गरिरहेको छ । यसबाट किसानलाई सास्ती हैन सहजता मिलेको छ । नयाँ प्रविधिको जानकारी पाएर उत्पादन बढाउन सकिएको छ अनी उत्पादीत धान बैङक आफैले खरिद गर्ने भएपछि बजारको समस्या पनि बेहोर्नु परेको छैन ।
झापाको गौरादह नगरपालिका वडा नं ७ मा ३५ बिगाह खेत भाडामा लिइएको छ । यहाँ सबै क्षेत्रमा बिभिन्न जातका बास्मती धान लगाइएको छ । पहिलो चरणमा लोकल बासमती लगायतका स्थानीय प्रजातीका धानवालीहरु लगाइसकिएको छ । यसकालागि आवश्यक मल, विउ तथा बिजन बैंङक आफैले तयार गरेको थियो । स्थानीय जात कालो नुनीयाँ, जसलाई जेठो धान पनि भनिन्छ । त्यस्तै वास्मति हाइब्रेड, टुडो कालो भएको (इन्द्रवली), रातो वास्मति लगाएर यसले उत्पादन पनि दि सक्यो । यसमा किसानलाईनै मल बिउ बिजन उपलब्ध गराएर उत्पादीत धान बैकङले उचीत मुल्यमा खरिद गरि बजारीकरण गर्न सुरु गरेको छ । बैकंका सञ्चालक सदस्य इस्वर लुईटेलले बताउनु भयो ।
विभिन्न आधुकि कृषि उपकरणको प्रयोग संगै जैविक पद्धतीबाट धान खेती गरिएको छ । कृषिमा कामगर्ने जनशक्ति अभाव , जनशक्ति नै भएपनि उत्पादनको गुणस्तरतामा ह्रास आएकोले प्राकृतिक तरिकाले थान खेती सुरु गरियो । कृषकले धान रोपे पछि पानी लगाउनु पर्छ , गोडने काममा भने यहाँ हाँसलाई प्रयोग गरियो । त्यसरी हाँसले उधिने पछी धानको जराको माटो खुकुलो बन्छ । त्यही विस्टाउने भएकाले अन्य मल पनि हाल्नु नपरेको , अर्गानिक धान उत्पादन हुने किसान धनन्जय चुडालको भनाई छ ।
झापा, मोरङ र सुनसरीका लागि नमूना परियोजनाका रुपमा गौरादहमा यसले धान खेती गरेको जनाएको छ । अन्य प्रजातिको धानको तुलनामा बासमती धानमा पोषक तत्वको मात्रा बढी हुने हुँदा यसको खेती गरिएको बैकंको भनाई छ । फुड एण्ड न्यूट्रिसनको बारेमा जानकारी दिलाउने, पोषणयुक्त खानेकुरा उत्पादन गर्ने र अग्र्यानिक कृषि उपजहरु उत्पादनमा लगाउने बैंकको मुख्य लक्ष्य रहेको छ । लाखौंलाई रोजगार दिने र परनिर्भरतालाई घटाएर मुलुकलाई कृषिउपजमा आत्मनिर्भर मुख्य उद्धेस्य बैंकको रहेको अध्यक्ष शंकरनाथ उप्रेती बताउनु हुन्छ ।
बैंकले पहिलो चरणमा २३ जिल्लामा कृषि उत्पादनको काम शुरु गरेको छ । जसमा कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा भाडामा लिएर उत्पादन शुरु गरिसकेको छ भने झापा, मोरङ, सुनसरीलगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ ।
भिडियो रिपोर्ट हेरौ ।










