दमक/
झापाको दमकमा नवौ फुड फेस्टिवल हुने भएको छ । यही फागुन ११ गते देखी १९ गते सम्म नौ दिन सम्म फेस्टिवल चल्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
होटल व्यवसायी सघं क्षेत्रिय समिती दमकले हरेक वर्ष गर्दै आएको फेस्टिवलकै निरन्तर्ता स्वरुप यो पटक पनि गर्न लागिएको कार्यक्रम संयोजक भूपेन्द्र प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
सस्थाको सकृयता, केहि भएपनि सस्थाको कोषमा रकम बचत हुन्छ कि भन्न दमकमा फूड फेस्टिवल गर्न लागिएको उहाँले बताउनु भयो । यसबाट दमकमा अहिले देखिएको व्यवसायीक तरलतालाई चलायमान बनाउन र होटलहरुका खानाका परिकार र स्वादको प्रर्वधन समेत हुने भएकोेले हरेक वर्ष यस प्रकारको महोत्सव गर्दै आइएको न्यौपानेले प्रष्ट पार्नु भयो ।
बिगत ८ वर्षदेखी निरन्तर दमकमा खद्य महोत्सव लाग्दै आएको भएपनि अहिले सम्म दमकको स्वाद चाहि के भन्ने कुराको पहिचान हुन सकिरहेको छैन ।
‘यस्ता महोत्सव कमै भएका शहरहरुले बरु खानामा आ-आफ्नो पहिचानको विकास गर्दै आएका छन् तर दमकमा चाहि केको स्वाद चाख्न आगन्तुक आउँने ? पत्रकार सम्मेलनमा पत्रकार गोपाल झापालीले प्रश्न गर्नु भयो । प्रश्नको जवाफ दिदै सघंका पूर्व अध्यक्ष तथा अहिलेका प्रदेश कमिटीका अध्यक्ष राजन दंगालले दमकमा जातीय परिकारलाई प्रर्वधन गर्न खोजीएको जवाफ दिनुभयो ।
‘जातीय परिकारहरुलाई अन्य ठाउँमा पनि ब्राण्डिङ गरिएको रहेछ , विभिन्न देशमा सहभागी हुन जादा पनि त्यहाँबाट देखिएको छ । सिक्दै छौ । कुन परिकारलाई कसरी ब्राण्डीङ गर्ने भन्नेबारेमा हामी केहि अनुभवीका अनुभवबाट पनि लिइरहेका छौ ।’ दंगालको जवाफमा उज्यालो खवरले प्रति प्रश्न गर्दै सोध्यो आठ पटक स्वाद चखाउने महोत्सव गरिसेको सस्था अझै सिक्ने की अरुकालागि अनुभवी पनि बन्ने ? यसमा दंगगाले भन्नु भयो ‘दुवै कुरालाई साथ साथमै लिएर जादै छौ ।’
दमकका धिमाल जाती प्रथम नागरिक पनि हुन । यसको जातीय परिकारलाई ब्राण्डिङ गर्न किन नसिकिएको भन्ने प्रश्नमा सघंका क्षेत्रीय अध्यक्ष योगराज दंगालले भन्नु भयो ‘धिमाल जातीकालागि निशुल्क स्टलको प्रवन्ध गरेका छौ पहिला धिमालको जातिय परिकार दमकमा पाउँनै मुस्किल थियो तर अहिले यस सम्बन्धीकै होटलहरु खुल्न थालेका छन् । यसले पनि बिस्तारै बजार लिन थालेको छ । हामी धिमालको परिकारलाई ब्राण्डिङ गरेर लिएर जाने कुरामा तयार छौ ।’
राष्ट्रिय कलाकारहरुको भीड
नौ दिन सम्म चल्ने यो महोत्सावमा विभिन्न कलाकारहरुको उपस्थिती रहने भएको छ । दमक ७ स्थित पशुहाटमा हुने महोत्सवमा विभिन्न ८ जना राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिती रहने छ ।
हरेक साँझ एक/ एक जना कालाकाहरुले रङ्गीन बनाइदिने छन् । कलाकारहरु एलिना चौहान, अस्मिता अधिकारी, ज्योती मगर, सुगम पोखरेल, रचना रिमाल, त्रिशला गुरुङ , मेलिना राई र महेश काफ्लेको विषेश प्रस्तुती रहेन पत्रकार सम्मेलनमा जनाइयो । साथै स्थानिय जातीय झाँकी, कलाकारहरुको प्रस्तुती पनि रहने जनाइएको छ ।
महोत्सवमा प्रवेश गर्न एक सय रुपैँयाको प्रवेश पास खरिद गर्नु पर्ने छ । महोत्सव न्यूनतम ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । ३५ लाख ७० हजार अनुमानीत खर्च हुने आयोजकको प्रक्षेपण रहेको छ भने यसबाट ५० लाख रुपैँया आम्दानी गर्ने लक्ष्य राखीएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश १ का अध्यक्ष राजन दंगाल र माई पश्चिम क्षेत्रीय समितीका अध्यक्ष योगराज दंगालले बोल्नु भएका कुराहरुलाई राखीएको छ ।










