कन्सर्ट हुँदै

राजु लामाको मंगोलीयन हर्ट ब्याण्ड झापा आउँदै, ५ हजार दर्शक उतार्ने आयोजकको दावी

दमक/
नेपालको चर्र्चित ब्याण्ड राजु लामाको मंगोलियन हर्ट झापा आउने भएको छ ।
आगामी मंसिर १० झापाको शिवसाताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडोममा आयोजना हुने कन्सर्टमा आफ्नो प्रस्तुती दिन ब्याण्ड झापा आउने लागेको हो । वाटर किङडोमले मंगलबार पत्रकार सम्मेलन गरेर मंगोलीयन हर्ट ब्याण्ड आउने जानकारी गराएको हो ।

सो दिन साँझ ६ बजे देखी १ज्ञ बजे सम्म अन्य स्थानीय तथा राष्ट्रिय स्तरका कालाकारको समेत बेजोड प्रस्तुती रहेने पत्रकार सम्मेलनमा वाटर किङडोमका सञ्चालक सौजनराज संग्रौलाले जानकारी गराउनु भयो । ३० लाख रुपैँयाको लगानीमा त्यो दिन कन्सर्ट गर्न लागिएको छ ।
६ हजार जनाको भीड थेग्न सक्ने गरिको आफुहरुको क्षमता भएपनि सो दिन ४ देखी ५ हजार जना सहभागि हने अपेक्षा आयोजकको छ ।


विषेश गरि वाटर किङडोमको प्रर्वधन गर्र्नैकालागि यो कन्सर्ट गरिएको पनि संग्रैलाले जानकारी गराउनु भयो । ५२ करोड रुपैँयाको लगानीमा सञ्चालीत पार्कमा पानीसँग खेल्ने विभिन्न खेलहरु रहेका छन् । साथै रिसोर्ट र होटल पनि यहाँ रहेको छ ।

कोरोना कालमा बन्द भएको यो पार्कले त्यसबेला ६ करोडको नोक्सानी बिहोरेको र अहिले कोरोनाको अवस्था समामन्य बन्दै गएकोले पार्कको प्रचारका लागि कन्सर्ट आयोजना गर्न लागिएको सञ्चालक सग्रौलाले जानकारी दिनुभयो ।
कन्सर्टमा सहभागी हुनकालागि १ हजार रुपैँयाको टिकट राखीएको छ । साथै गोल्डेन , ,सिल्भर र सामान्य गरि होटलमा रहेका टेवलहरुलाई बिचाजन गरिएको छ ।

जसमा गोल्डेन टेवललाई २५ हजार, सिल्भर टेवललाई २० हजार र सामान्य टेवललाई १५ हजार रुपैँया तोकिएको छ । प्रति टेवल ६ जना सम्म बस्न सकिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको