सफा र सुन्दर नगरको परिकल्पना

हरित दमक बनाउन सामुहिक प्रतिवद्धता आवश्यक (भिडियोमा सहित)

 

दमक/
झापाको दमक नगरपालिकाको वसपार्कमा सोमबार बिहानै दमक नगरपालिकाका प्रमुख राम कुमार थापा हातमा झाडु बोकेर निस्कनु भयो ।
बसपार्कमा जथाभावी फाकिएका फोहोर बाडार्ने कामको उहाँले सुरुवात गर्नु भयो । यसै क्रममा उहाँलाई साथ दिन त्यहाँ उपस्थित भएकाहरुले पनि सघाए । सबैले हातमा झाडु बोक्न थाले । हातमा सेतो ग्लोव र मुखमा मास्क लगाएर एक छिन बसपार्क सफा गर्ने काम भयो ।

यसै बेला वसपार्क आसपासमा रहेका विभिन्न झाडीहरु पनि फाड्ने काम भयो । यो सरसफाई गर्ने काम सुरु गर्नु अघी यहाँ एउटा औपचारिक कार्यक्रम पनि भएको थियो ।

दमक ६ मा रहेको सर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले आफ्नो स्थपानाको चौर्धौ वार्षिक उत्सवको उवसरमा बसपार्क सफाई गर्दै, दमकका विभिन्न सार्वजनिक स्थानहरुमा फूल रोप्ने गमला र फोहोर फाल्ने डस्विन वितरण गर्ने कार्यक्रम तय भएको थियो । यो कार्यक्रम सम्पन्न गर्न सस्थाले दमकमा सकृय रहेको सस्था साथी भाई समुहसँग सहकार्य गर्यो ।

कार्यक्रमको संयोजन गर्न सस्थाले समुहलाई लगायो । समुहका अध्यक्ष गंगा सिटौलाको अध्यक्षतामा औपचारिक कार्यक्रम गरियो ।

कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष सिटौलाले दमक बसपार्कमा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । दैनिक दिन दहाडै लागु पदार्थ दुव्र्यसनीहरु आउने गरेकोले असुरक्षाका कारण यहाँका पसलहरु बन्द हुने अवस्थामा पुगेकाले यसको सुरक्षामा ध्यान दिन उहाँले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनु भयो ।

सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाका कार्यालय प्रममुख अरुण भण्डारीले दमकलाई सफा र स्वच्छ राख्ने अभियानमा केहि टेवा पुगोस भन्नकालागि यो प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनु भयो । वातारण संरक्षणमा सस्थाको पनि योगदान रहनुपर्छ भन्ने अभिप्रयाले सस्था स्थापना भएको १४ औ वार्षिक उत्सवकको अवसरमा बस पार्क सरसफाई, गमला वितरण तथा फोहोर फाल्ने डस्विन बितरण गरिएको भण्डारीको भनाई छ ।

सस्थाले गरेको यस्तो कामबाट नगरको वातारण सफा हुन मद्यत पुग्ने नगर प्रमुख राम कुमार थापाको विस्वास छ । नगरका हरेक सार्वजनिक स्थानमा यो प्रकारको काम हुनु पर्ने उहाँले बताउनु भयो । यसमा दमक नगरपालिकाको सकरात्मक साथ र प्रभावकारी भूमिका हुने भएकोले सबैले सामुहिक ऐकवद्धता जनाएर दमकलाई हरित नगर बनाउन लाग्नु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।

सस्थाले सोमबार ३० वटा गमला र १६ वटा डस्विन निशुल्क बितरण गरेको थियो । कार्यक्रममा दमक नगरपालिकाको वातावरण समितीका अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापा, भौतिक पूर्वाधार समितीका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष भीम पौडेल लगायतको उपस्थिती रहेको थियो ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको