दमकको हरित नगर अभियान

फूलै फूलको शहर बन्दै दमक, सबै सघं सस्थाहरुको ऐकवद्धता, बिरुवा जोगाउने जुक्तिमा सहमती(भिडियोमा हेरौ)

 

दमक/
झापाको दमकमा रहेको रेडक्रस सोसाईटि उप-शाखाको बैठक कक्षमा सोमबार बिहानै एक हुल मानीसहरुको भेला भएको थियो ।
त्यहाँँ सहभागी हुनेहरु दमकका कुनै न कुनै सघं सस्थामा आवद्ध भएर नेतृत्व तहका काम गरिरहेका मध्येका प्रतिनिधी थीए ।
यो भेलाको आयोजना गरेको हो रेडक्रस दमकले । रेडक्रस सबैको साझा सस्था भएकोले सबैको अपनत्व हुन्छ भन्ने अभिप्रायले दमकका सरोकारवालाहरुलाई भेला पर्ने काम भएको हो ।

भेला हुनुको मुख्य उद्धेस्य दमकलाई कसरी हराभरा बनाउने भन्नेबारेमा छलफल गर्नु थियो । भौतिक पूर्वाधारको दृष्टिकोणमा अन्य पाकिला भन्दा निकै अघी बढिरहेको दमक वातावरण संरक्षणमा चाहि कम चासोमा पर्यो भनेर चिन्तासँगै चिन्तन गर्नकालागि यहाँ भेला गराइएको रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकीले बताउनु भयो ।

दमकका रहेका दर्जनौ सघं सस्थाबाट प्रतिनिधीत्व हुने गरि भएको उपस्थितीबाट दमकमा बृहत बृक्षारोपणको आवश्यकता औलाइएको थियो । साथै त्यसरी बृक्षारोपण गरिएका विरुवाको संरक्षणमा देखिएका चुनौती र अव कसरी अघी बढ्न सकिन्छ भन्नेबारेका विकल्पमा पनि छलफल भएका थीए ।

आगामी जेष्ठ २२ गते विस्व वातावरण दिवसको अवसर पारेर दमकलाई साँच्चै हरित नगर बनाउने अभियान थालीने भइएको छ । यसकालागि आवश्यक पर्ने विरुवाको बन्दोबस्त गर्नेहरु त्यहि छलफलबाट पनि निस्किए । रेडक्रस आफैले, दमक उद्योग वाणिज्य सघंले, दमक नगरपालिकाले साथै छलफलमा सहभागी भएका विभिन्न सघं सस्थाका प्रतिनिधीहरुले त्यस दिन आवश्यक पर्ने विरुवाको प्रबन्ध गर्ने जिम्मा लिए ।

अव ती संकलीत विरुवा कहाँ रोप्ने भन्नेबारेमा छलफल सुरु भयो । छलफलमा सहभागी भएकाहरुले सकभर एकै ठाउँमा एकै प्रकारका विरुवा रोपौ भन्ने आशयका कुराहरु राख्नु भएको थियो ।

खासगरि हम्से दुम्से सामुदायीक वन क्षेत्रको शहिद वनबाटिका भित्र क्षेत्र छुट्याएर बृक्षारोपण गर्ने भन्नेबारेमा सहमती भयो । त्यहाँ समुह समुह बनाएर बृक्षारोपण गर्ने र त्यसको संरक्षण गर्न भने क्यालेण्डर बनाएर यीनै सघ. सस्थाहरुलाई खटाउने कुराहरु निस्केका थीए । अनी केहिले चाहि त्यसो मात्रैले पनि सम्भव नहोला बरु जुन ठाउँमा बृक्षारोपण गरिन्छ त्यहि ठाउँका नागरिकलाई उत्तरदायी बन्ने जिम्मेवारी दिनु पर्छ र संरक्षण हुन्छ भन्ने कुराहरु पनि तरङ्गीत भए । केहिले भन्नु भयो बरु ठाउँ ठाउँमा एक जना मालीको पनि प्रबन्ध गरौ । दमक नगरपालिकालाई भनेर बिरुवा गोडमेल गर्ने र त्यसको सम्पूणर् हेरचाह गर्नकालागि एकजना हेरुवा नियूक्ती गरौ ।

यस्तै छलफलमा रोपीएका बिरुवामा सिचाईको प्रबन्धका बारेमा पनि चर्चा भयो ।दमक खानेपानी सस्थानले बिरुवा रोप्नु अघीनै त्यस ठाउँमा जमिन भित्रबाट पाईप बिच्छाउने काम पनि गरौ । कम्तिमा खडेरीको समयमा त्यहाँ सिचाई गरिनु पर्छ । त्यसकालागि समन्वय गरेर काम गरौ । भन्ने प्रस्ताव राख्यो ।

सबैका आ आफ्ना तर्क आए । सबैले आ आफ्ना बिचार मार्फत दमकलाई कसरी हरित नगर बनाउन सकिन्छ र यहाँ घुम्न लायक पालिका बनाउन सकिन्छ भनेर चिन्तन गरेका थीए । यसपछि एउटा समिती बन्यो । यी सबै कामको समन्वय गर्नकालागि भनेर ।

रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकीको संयोजकत्वमा नौ सदस्य निर्माण भयो । यसमा सबै सघं सस्थाहरुलाई अटाउने गरि क्षेत्रगत रुपमा समेटदै अहिलेको समिती निर्माण भएको हो ।

यो समिती मार्फत अव दमकलाई हराभरा नगर बनाउने अभियान चल्ने छ । दमकका सार्वजनिक स्थानमा बृक्षारोपण गरि त्यसलाई आकर्षकको केन्द्र बनाइने छ ।

खासखरी दमक एउटा फूलै फूलको नगर हो भन्ने कुराको सन्देश दिन यो अभियानले महत्वपूणर् भूमिका निर्वाह गर्ने गठीत समिती संयोजक प्रकाश बुढाथोकीले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

छलफलमा कस्ले के बोल्नु भयो भन्ने कुराको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल