धार्मिक पर्यटनको विकास हुँदै

धनेश्वर मन्दिरमा लगाइएको पुराणको हिसाव सार्वजनिक, धार्मिक पर्यटकिय क्षेत्र बनाउने योजना

दमक/
दमक ५ मा रहेको धनेस्वर मन्दिरमा सम्पन्न भएको पुरुणको आय व्यय सार्वजनिक भएको छ । मंसिर ११ गतेदेखि १७ गते सम्म सम्पन्न भएको श्रीमद् भागवत श्रीमद् वराह महापूराण ज्ञान महायज्ञ सम्पन्न भएको थियो।

यस यज्ञबाट ९ लाख ४९ हजार ८ सय ५२ रुपैँया नगद संकलन भएको छ भने विभिन्न दाताहरुले यहाँ रहेका संरचनाको अधुरा काम पुरा गराउने प्रतिवद्धता समेत जनाउनु भएको छ। पुरुण सम्पन्न गर्नकालागि कुल २ लाख ५० हजार रुपैँया खर्च भएको पनि लेखा समितीले जनाएको छ । समितीका सदस्य बिष्णु बहादुर श्रेष्ठका अनुसार विभिन्न दाताहरुको सहयोग आएकोले पुराणको खर्च कम देखिएको हो ।

पूराणमा सहाभागी भएर सबै भन्दा धेरै दमक ५ का राजकुरमा गिरीले नगद ५१ हजार १ सय ११ रुपैँया सहयोग गर्नु भएको छ । यस्तै दमक ६ मा रहेको निरौला सुनचाँदी पसलको तर्फबाट कुमार र शुष्मा निरौलाले नगद २५ हजार १ सय १० रुपैँया नगद सहयोग गर्नु भएको छ । यस्तै विभिन्न व्यक्तिहरुले मन्दिर परिसरमा विभिन्न संरचना बनाइदिने र निर्माण भइरहेकाहरुको थप बृद्धि गर्नका लागि घोषणा पनि गरेका छन् ।

मन्दिरको सभाहलमा रहेका ११ वटा पिल्लरको सौन्दर्यकरण गर्नकालागि खेम अधिकारीलेले त्यसबेला घोषणा गर्नु भएको थियो । अहिले यो घोषित काम करिव अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितीले जनाएको छ । यस्तै समाजसेवी चन्द्र गजमेरले २ तले आधुनिक भान्सा घर बनाउने उद्धघोष गर्नु भएको छ भने दिपक र सुवास लुइँटेलले मन्दिर परिसरमा गणेशको मन्दिर सहित मुर्ती समेत स्थापना गराउने घोषणा गर्नु भएको छ । मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रुद बहादुर कार्कीले ब्यासमा बस्ने गुरुहरु बस्ने आवासको माथील्लो तला पनि थप गने उद्धघोष गर्नु भएको समितीका सचिव एकराज लुईटेलले जानकारी दिनुभयो ।

यी हुन मन्दिरमा दान गर्ने दानविरहरु
१) राजकुमार गिरी दमक ५ ५१ हजार ११ सय ११
२)निरौला सुनचाँदी पसल( कुमार/शुष्मा निरौला) , २५ हजार १ सय १०
३)टिक बहादुर/तारा सुवेदि दमक २, २० हजार ५
४)कमल बहादुर राई दमक ५ , १३ हजार ५
५)गन बहादुर/प्रभा अधिकारी, ११ हजार १ सय ५
६) यादव न्यौपाने कमल गाउँपालिका, ११ हजार५ सय ६०
७) मनिष पोखरेल दमक ५, ११ हजार
८)डिल्लीराम/संगिता ढकाल दमक ५, १० हजार ५००
९) खगेन्द्र /स्वेता थापा दमक २, १० हजार ४४५
१०)ऐस्वर्य/उर्मीला तिम्सिना दमक ६ , १० हजार १ सय
११)लक्ष्मी भण्डारी, दमक ५, १० हजार १ सय

धार्मिक क्षेत्रमा विकास हुँदै

झापाको दमकमा रहेको धनेस्वर धाम धार्मिक पर्यटकिय स्थलको रुपमा प्रर्वधन भइरहेको छ । धनेस्वर धाम प्रतिको आस्था र यहाँ बनेका विभिन्न संरचनाले यहाँ आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाएको छ । पूर्व पश्चिम राजर्माग अन्तर्गत क्याम्पसमोडबाट करिव डेढ किलोमिटर उत्तर गएपछि पुगिन्छ धनेस्वर मन्दिर भएको धाम । यो धाम अन्य सामान्य मन्दिर जस्तो हैन । यसको बेग्लै किम्वदन्ती रहेको छ ।

परापूर्वक कालमा यहाँ धनेश्वर महावेद छन् र धनेस्वर भनेको चाहि धनका महादेव हुन भन्ने बुझेर केहि व्यक्तिहरुले उत्खनन् गर्ने प्रयास गरेका थिए । त्यसक्रममा ती उत्खनन् गर्ने व्यक्तिहरु रगतसरी वान्ता गरेपछि यहाँको शक्ति अपरम्पार रहेछ भनेर यसको संरक्षण हुन थालेको  पंडित भागवत भूषण उदयनाथ दाहाल शास्त्रीले बताउनु भयो ।

अहिले पनि यस मन्दिरमा स्वच्छ मनले मागेमा पुरा हुने विस्वास यहाँका नागरिकमा छ । धनेश्वर वावाधामले आफु यहाँ रहेको कुरा यहाँ आउने भक्तजनमा केहि न केहि दिएर वा गराएर संकेत पनि दिइरहनु भएको हुन्छ । यस प्रकारका विभिन्न रुपमा र स्वरुपमा धनेश्वर वावाले आफु यहाँ भएको सन्देश दिने गर्नु भएको छ । त्यसैले अहिले यहाँ दमक सहित आसपासका भक्तजनहरु नियमितरुपमा आउने गरेका छन् । यहाँ धनेश्वर धामको मुख्य मन्दिरका साथै अन्य विभिन्न देवि देउवाको पनि मन्दिर बनाइएको छ ।

यतीमात्र होईन यहाँको नाग पोखरी पर्वी नेपालकै एक आकर्षक बनेको छ । पोखरीको बिचमा शिवजीको प्रतिमा र सो प्रतिमाको शिरमा रहेको नागबाट पानी आइरहने गरिको संरचना यहाँ बनाइएको छ । यो पोखरीको वरीपरि सुन्दर फूलबारी र बस्ने फलैँचा भएका कारणले पनि धार्मिक पर्यटकहरु आउने गरेको धनेश्वस पाञ्चायान मन्दिर व्यवस्थापन समितीका सचिव एकराज लुईटेलले जानकारी दिनुभयो ।

मन्दिरले अघिल्लो पटकनै घोषणा गरेको प्रदेश १ कै सबैभन्दा अग्लो शिवको प्रतिमालाई यो वर्ष पनि निर्माण गर्ने घोषणा गरिएको छ ।कोभिडका कारण सबै योजनाहरु अलपत्र परेका कारणले यो यजना पनि यस्तै भएको अध्यक्ष कार्कीको भनाई छ । प्रदेश १ सरकारले समेत योजनामा पारेर बजेट नै बिनियोजन गराएको भएपनि कोरोनाकै कारण त्यो योजना हटेकोले उहाँले स्पष्ट पार्नु भएको छ । दमकमा प्रदेश १ कै सबै भन्दा अग्लो शिवको प्रतिमा बनेमा दमक धार्मिक पर्यटकीय क्षेत्रमा एक गन्तव्य बन्ने मन्दिरको दावी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाको दस्तावेजमाथी सुदन किराँतीको टिप्पणी : सुदन किराँती

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी

बाजुरामा असारे रोपाइँको चटारो

बाजुरा,११ असार । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने

मदन भण्डारीको स्मृतिमा दमकमा हुदैछ बृहत् रक्तदान कार्यक्रम

दमक, ११ असार । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा झापाको दमकमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। मदन भण्डारी फाउण्डेशन झापाको आयोजनामा तथा नेपाल

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार