सहकारीबाट समृद्धि

खाडीबाट फर्केकाहरुको संघर्षको कथा, ‘विदेशमा भन्दा स्वदेशमै कमाई बढि’

 

दमक/
व्यवसाय गर्ने पुजी बनाउन विष्णु सुवेदी कुवेत जानु भएको थियो । दमकमै केहि साहुहरुको पसलमा काम गर्दा गर्दै आफुपनि व्यवसायी बन्ने सपना देखेर र व्यवसायी बन्न आवश्यक पुजी तयार पार्न उहाँ कुवेत जानु भएको हो । तर उहाँलाई कुवेत बसेर काम गर्दैमा नेपालमा व्यवसाय गर्न पुग्ने गरिको पुजी कमाइन्छ भन्ने लागेन ।
आफ्नो क्षमता विकास हुन्छ भन्ने कुनै छाटकाँट देख्नु भएन । त्यहाँ दिनभरी तरकारी प्याकिङको काम गर्नु पर्ने हुन्थ्यो । अनी छुट्टिमा होष्टल । यसरी काममा गयो आयो मात्रैमा दैनिक बित्न थालेपछि विष्णुलाई लाग्यो यो तरिकाले त कुनै प्रगती हुने रहेनछ । र डेढ महिनामै उहाँ घर फर्कनु भयो ।
विदेश बसेर केहि नहुने निश्चिन्त भएपछि उहाँ घर फर्कनु भयो । घर आएर केहि समय माहोल बुझ्नु भयो । साथीभाई चीनजान बढाउन मात्रै भएपनि उहाँले दमकको एउटा कस्मेटिक पसलमा काम थाल्नु भयो ।
केहि अवधि त्यहाँ काम गरेपछि नयाँ ढंगको आफ्नै ठाउँमा उद्यम गर्ने जोश उहाँमा थियो त्यो पुरा गर्न कामको सुरुवात गर्नु भयो । त्यो काम थियो कपडा उद्योग । अर्थात गार्मेण्ट फ्याक्ट्री ।
सुरुमा चारवटा मेसिन राखेर काम सुरु गर्दा उहाँलाई आफन्त र साथीभाईले समय वर्वाद गरेको भनेर उडाउने गर्दथे । बरु विदेश गएर पैसा कमाएको भए निकै जमाइसकिन्थ्यो भन्ने उहाँकालागि काम नलाग्ने सुभाव धेरै आउथे । तर त्यस्ता कुरा र सुझावको कुनै प्रवाह नै नगरि उहाँले आफ्नो व्यवसायलाई नयाँ उचाईमा पुर्याउनु भएको छ ।
नयाँ सोच र जोशका साथ सुवेदीले खोल्नु भएको यो कपडा उद्योग अहिले दमकका चलिरहेको छ । यहाँबाट होल सेलमा कपडाहरु दमक सहित पूर्वका विभिन्न स्थानमा पुर्यान्छ । मौसमी कपडा र डिजाईनमा कपडा सिलाइने भएकोले व्यवसाय राम्रै चलिरहेको छ । यसलाई अझ विस्तार गर्न उहाँले ऋण पनि लिनु भयो । तर ऋणलाई कहाँ र कसरी प्रयोग गर्ने भन्नेबारेमा उहाँ प्रष्ट हुनुहुन्थ्यो । उहाँकालागि ऋण अभिषाप हैन अवसर बन्यो । सफलताकालागि ।

यस्तै विदेशमा आफ्ना सपनालाई पुरा गर्न भनेर परदेशिनु भएका लक्ष्मि बजगाई अहिले भने घरदेशमै रमाइ रहनु भएको छ ।
दमक ६ थानारोडमा उहाँले होलसेल जुत्ता चप्पलको दोकान खोल्नु भएको छ । हिमाल, पहाड तराई जहाँ सुकै लगाउन मिल्ने गरिका जुत्ता चप्पल उहाँको दोकानमा छन् । र उहाँ विभिन्न ठाउँमा गाडीका गाडी सामान लोड गरेर पठाउनु हुन्छ । कमाई पनि चित्त बुझ्दो नै छ ।
अहिलेका नयाँ पुस्ताकालागि एक उदारहणको पात्र बन्नु भएको छ । विदेश भन्दा स्वदेशमै काम र कमाई राम्रो हुन्छ भन्ने आफै उदाहरण बन्नु भएको छ ।

तर यो उपलब्धी र खुसी यत्तिकै कहाँ मिलेको हो र । खाडीका कुन देश बाँकी रहे होलान र उहाँ नपुगेको । झण्डै एक दशक खाडीको गर्मीमा शरिरका पसिना फुट्ने गरि काम गर्नु भयो । केहि कमाउनु भयो भयो । जमाउनु भएको थियो । अव चाहि नेपालैमा केहि गरौ भन्ने सोच बनाउनु पनि भयो । तर त्यसबेला केमा र कती लगानी गर्ने भन्ने कुराको दुविधा अत्यन्त्तै धेरै बढ्यो । त्यसैले बरु कुनै पसलमा काम गरौ र केहि सिकौ अनी मात्रै लगानीका बाटा खोजो भन्ने सोचले उहाँले दमककै एक जुत्ता चप्ल पसलमा काम गर्नु भयो । डेढ वर्ष अरुको पसलमा काम गरेपछि आफैले त्यहि प्रकृतिको पसल खोलेको उहाँले बताउनु भयो ।
व्यवसाय गर्दा ऋण नलिने त प्राय विरलै भेटिन्छन् । तर लक्ष्मिको अनुभवमा लिएको ऋण सहि ठाउँमा लगानी भएन । उद्धेस्य बाहेक अन्त लगानी भयो । त्यो चलेन अथवा सोचेजस्तो कमाई दिएन भने जे देखाएको थियो त्यो व्यवसायनै चलेन भन्ने बाहना बनाउनेहरु धेरै भेटिने उहाँको अनुभव छ । त्यसैले उहाँको सुझाव छ । ‘जे गर्छु भन्नकालागि ऋण लिने हो त्यहि अनुसारनै लगानी गरौ । ऋण लिएपछि झन धेरै मिहनत गरौ । ऋण गल्पासो बन्दैन । व्यापारमा सफलताको एउटा अवसर बन्न सक्छ । ’
यता दमक चोक स्थित आकाशे पुलकै छेउमा मिल मेसिनरीको सामानको व्यवसाय गरिरहनु भएका डिल्ली बजगाईले पनि परदेशमा पसिना बगाउनु भएको छ । केहि वर्ष परदेशमा बसेर काम गर्नु भयो । केहि पुजी भित्राउनु भयो । अहिले यहाँ मिल मेसिनरीको सामानको ब्यापार गरेको १५ वर्ष भयो । उहाँले पनि सुरुमा अरुकै पसलमा काम गर्नु भयो । सिक्नु भयो । फिल्ड बुझ्नु भयो । अहिले व्यवसायमा लगानी गर्नु भयो ।
मिल मेसिनरीको व्यवसायमा फरक पहिचान बनउँदै गर्नु भएका बजगाई मिहनत र सर्घषनै सफलताको जडी हो भन्ठान्नु हुन्छ । त्यसैले उहाँ भन्नु हुन्छ रात दिन नभनी कन व्यापार गरौ । सफलता मिल्ने छ ।

एउटा सुपर स्प्ल्याण्डर मोटरसाईकल बेचेर व्यवसाय सुर गर्नु भएका बजगाईले अहिले करोड हाराहारीको लगानी बनाउनु भएको छ । अहिले घर छन् । घेडेरी तथा जग्गा जमिन जोड्नु भएको छ । यी सबै सफलता हासिल गर्न उहाँलाई सुर्य दर्शन सहकारीले हौसाला दियो । उहाँलाई मात्रै नभएर व्यवसाय बढाउन र ऋणलाई सहि ठाउँमा लगाउन सँधै सुर्य दर्शन सहकारीले साथ दिएका कारण लक्ष्मि बजगाई र विष्णु सुवेदीहरुले सफलता प्राप्त गर्नु भएको हो ।

यूवा उद्यमसिलताको विकास र प्रर्वधन गर्न दमक ६ मा रहेको सुर्य दर्शन सहकारीले विषेश कार्यक्रमहरु ल्याउने गरेको छ । उद्यम विकास र प्रर्वधनमा टेवा पुर्याएर स्वदेशमै स्वरोजगार स्थापना गर्न सहकारीले सहकार्यका कार्यक्रम अघी सारेको हो ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा