उज्यालो

स्वदेश फर्केेपछि : ‘विदेशमा दश दुःख गर्दा पनि स्वदेशमा सुख भएन’ (भिडियोमा हेरौ)

 

दमक/
बिर बहादुर बिकको पुर्खौली घर पाँचथर हो । विप्पन्न परिवारमा जन्मनु भएका बिक अहिले भने बसाई सरेर झापाको दमक ९ मा बस्नु हुन्छ । उहाँले आफ्नो बुबाको काख कस्तो हुन्छ भन्ने उती अनुभव गर्नु पाउनु भएन । किनकी घरमा अत्यन्तै गरिवि भएका कारण उहाँका बुबा कमाउन भन्दै भारत जानु भएको थियो ।

भारत गएको वर्षौ पछि पनि बुबा फर्कनु भएन । एकै पटक गाउँका एक जना काकाले बुबाको मृत्यूको खबर लिएर आउनु भयो । बुबासँगै जानु भएको दाजु पनि अहिले सम्म फर्कनु भएको छैन । कहाँ र कस्तो अवस्थामा हुनुहुन्छ अत्तो पत्तो छैन ।

आमाले पहाडमै हुँदा मित साईने जोडेका कारण मित आमाको सहयोगमा दमकको वडा नं ९ स्थित चिया बगान दक्षिण पट्टि केहि खाँवा खुट्टि गाडेर बस्न मिल्ने घर छ । अहिले उहाँको साथमा आमा, श्रीमती र छोराछोरी छन् । अहिले यो परिवारलाई पाल्ने जिम्मा बिर बहादुरकै छ ।

पढाई सावा अक्षर पनि चिन्न उती जान्नु हुन्न । जसले गर्दा उहाँलाई काम पाउनै मुस्किल । यस्तै अवस्थामा पनि उहाँ विदेश जाने भन्ने सोचमा पुग्नु भयो । परिवारलाई पाल्नै गाह्रो भएपछि उहाँले ऋण काडेर ९५ हजार रुपैँया एजेण्डलाई बुझाएर ८ वर्ष अघी यू ए इ जानु भएको थियो ।
त्यहाँ उहाँले एउटा क्याटरिङमा काम पाउनु भयो । उहाँको जिम्मेवारी थियो थाल बटुका सफा गर्ने । तीन सिफ्ट सम्म चल्ने त्यो काममा एक पटकमा २० हजार जना सम्मलाई खाजा तथा खाना पाक्थ्यो ।

उहाँले त्यहाँ महिनाको ४ सय दिराम कमाउनु भयो । कहिलेकहि ओभरटाईम मिल्यो भने कमाई अरु ३ सय थपीएर ७ सय दिराम सम्म पुग्थ्यो ।

महिनामा ३० दिननै काम गर्नु भयो । त्यहाँ ३ वर्ष सम्म बस्दा काम गर्ने ठाउँ र बस्ने होष्टल बाहेक अन्य कहि जानुपनि भएन ।
निकै दुख र पीडा सहेर कम ज्यालामा उहाँले यू ए इ मा काम गर्नु भयो । त्यहाँको कमाईले घर खर्च मात्रै पुग्थ्यो । छोराछोरी पढाउन र खान मात्रै । किनकी घरमा न उत्पादन गर्न आफ्नो जमिन छ , न काम गर्न सक्ने कोहि अन्य सदस्य नै छन् न त कुनै व्यापार र व्यवसाय नै । त्यसैले परिवारमा दुख विराम पर्दा होस वा पाहुनापाछा आउँदा सबै गर्जो बिर बहादुरले यू ए यी बाट पठाइदिएको पैसाकै भर थियो ।

यसरी कुनै बचत गर्न नसकि फर्कनु भएका बिर बहादुर अहिले दमकमा निर्माण क्षेत्रमा श्रमिकको रुपमा काम गरिरहनु भएको छ ।
कसैले एउटा भैँसी वा गाई किन्न मद्यत गरिदिए म त्यहि पालेर जिविको पार्जन गर्न सक्ने थिए भन्ने उहाँलाई लागेको छ । किनकी उहाँ आफैले गाई त के एउटा बाख्रोको पाठा पनि किन्न सक्नु हुन्न ।

उहाँसँग उज्यालो खवरले स्वदेश फर्केपछि श्रींखलामा गरेको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’