‘स्वदेश फर्केपछि’

समाजले के भन्ला भन्ने डरका कारण मलेसियामा अवैद्यानिक बन्न बाध्य विक्रमको बिवसता(भिडियोमा हेरौ)

 

दमक/
रोजगारका लागि मलेसिया जानु भएका झापा दमकका बिक्रम तामाङ मलेसिया पुगेको १३ महिनामै अवैद्यानिक बन्नु पर्यो ।
नेपालमा मेनपावरले १२ सय रिङ्गेट भन्दा बढि कमाई हुन्छ भनेर पठाएको थियो । तर मलेसियामा पुग्दा ५ सय रिङ्गेट पनि कमाई भएन ।
नोपलमै व्यवसाय गरेर बस्नु भएका तामाङ विदेश जाने लहडमा जानु भएको थियो । तर सोचेजस्तो कमाई उहाँले गर्न पाउनु भएन ।

‘१३ महिना सम्म कमाई बढ्ने कुनै छाटकाट भएन । त्यहि भएर बाध्य भएर कम्पनी छोडेर अवैद्यानिक बने ।’ तामाङले उज्यालो खवरको स्वदेश फर्केपछि कार्यक्रममा कुराकानी गर्दै बताउनु भयो ।

त्यसपछि उहाँ जोखिम मोलेर काम गरिरहेको ठाउँ छोडेर अन्यत्र जानु भयो । केहि दिन त्यहाँका पुराना साथीहरुको सहयोगमा काम खोज्न नै लागेको र काम भेटिएको सुनाउनु भयो ।

विदेशमा आफ्नो साथमा डकुमेण्ट नबोकी , ती सबै कुरा त्याग गरेर कम्पनी छोड्दा डर लागेन ? भन्दै उज्यालोले गरेको प्रश्नमा उहाँ भन्नु हुन्छ ‘डर त मलाई मलेसियसामा भन्दा पनि नेपालको समाजले के भन्छ भन्ने चाहि थियो । त्यहि भएर कम्पनी कम्पनी छोडेको हुँ ।

‘१३ महिनामै नेपाल फर्कौ कमाउन विदेश गको थियो कमाउन नसकेर आएछ भन्ने डर, पहिलाकै कम्पनीमा बसौ कमाईनै नहुने नेपालमा चाहि मलेसियामा पैसा उडाएर बसेको छ भन्छन् भन्ने पीर ।’ तामाङले प्रस्टाउनु भयो ।

तामाङ अहिले दमक ९ स्थित शान्त्ती चोकमा होटल सञ्चालन गरेर बसीरहनु भएको छ । विदेशमा हुँदा उहाँले महिनाको ५० हजार रुपैँयाको हाराहारीमा कमाईरहनु भएको थियो । तर अहिले आफ्नै ठाउँमा परिवारसँग बसेर एक लाखको हारहारीमा कमाई गरिरहेको बताउनु हुन्छ ।

उहाँ भन्नु हुन्छ ‘ विदेश जानु नराम्रो त होईन तर विदेशमै सँधै बस्नु चाहि नराम्रो हो , विदेशको मिहनत र सिप अनी लगानीलाई बिस्तारै नेपालमा भित्राउन चाहि पर्छ ।’

उहाँसग गरिएको कुराकानीको भिडियो यहाँ राखीएकोे छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’