दमकको इतिहास र वर्तमान , भाग १

दमकको त्यो धर्म भकारी, जस्ले कसैलाई भोकै राख्दैन थियो (भिडियो संवादं)

 

 

 

दमक/

दमकमा धेरै धाननै फल्थ्यो । त्यहि फलाएर , बेचेर आफ्नो गर्जो चल्ने गथ्र्योे । दमकको खास पेषानै धान फलाउने थियो । फलेको धान आफुलाई वर्षभरी खान राख्ने । बाँकी रहेको रङ्गेलिमा पुर्र्यारएर बेच्ने । यहाँ अर्थात दमकमा धान किन्न कोहि ब्यापारी आउदैन थिए ।

रङ्गेली जादा गोरु गाडामा बोराका बोरा धान हालेर लैजानु पथ्र्यो । कहिले कहि जादाताजदै रात पथ्र्यो । बाटैमा बास बस्नु पर्ने । बल्ल तल्ल रङ्गेली बजार पुग्यो । धान बेच्यो अनी त्यहिबाट आफुलाई घरमा चाहिने सौदा गरेर फर्कने चलन थियो ।

दमकमा २०१५ सालमा जन्मनु भएका सिताराम पोखरेलले दमकको इतिहास थाह पाउनु भएको छ । वर्तमान भोग्नु भएको छ भने अवको दमक कस्तो बन्ला भन्ने एउटा परिकल्पना पनि गर्न सक्ने क्षमता राख्नु हुन्छ ।

उहाँसग उज्यालो खवरको ‘दमकको इतिहास र वर्तमान’ कार्यक्रममा कुराकानी गरियो । सो कुराकानीका क्रममा उहाँले दमकमा पहिला धर्म भकारी रहेकोको कुरा सुनाउनु भयो । धर्म भकारी चाहि त्यसबेलाको नगर पञ्चायतले कोहि पनि नगरबासी भोकै बस्न नपारोस भनेर सुरु गरेको अभियान रहेको उहाँले उल्लेख गर्नुभयो ।

नगरपञ्चायतको आह्वानमा स्व.इच्छा हुनेहरुले त्यो धर्मभकारीमा केहि मुरी वा केहि पाथी धान जम्मा गर्दथे । यो बिचमा नगरको कोहि पनि नागरिकको उव्जाउ भएन र भोकै बस्नुपर्ने अवस्था आयो भने त्यहाँबाट झिकेर लैजान पाइन्थ्यो र त्यसले भोकमारी टार्न सकिन्थ्यो । तर पछि आफ्नोमा उब्जाउ भएपछि भोकमारीका बेला लगे बराबरको धान फिर्ता चाहि गर्नु पथ्र्यो । अनी जसले जम्मा गरेको हो उसलाई पनि यो बिचमा खानै नपुग्ने हुने गरि विभिन्न कारणले धान चाहियो भने लैजान सकिन्थ्यो । तर उसले चाहि तीर्न पर्दैन थियो ।

यसरी त्यसबेलाको भोकमारी हुन सक्ने सम्भावनालाई मद्यनजर गरेर सुरु भएको धर्मभकारी भएको ठाउँ चाहि अहिलेको दमक सहकारी रहेको ठाउ हो । अर्थात देवकोटा चोकको एन आइ सि एसियाको भवन भएको ठाउँ । यहाँ धान जम्मा गर्ने काम हुन्थ्यो । पछि त्यसलाई साझाको रुपमा विकास गरेर सरकारले अघी बढाएको पनि उहाँले कुराकानीका क्रममा बताउनु भयो ।

पोखरेलसँगको संवादको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’