काठमाडौ/
कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता फ्रेमवर्क अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम कमर्सियल बैंकलाई राष्ट्रबैकले कार्वाहि गरेको छ ।
बैकका प्रमुख कार्यकारी अधिृकतलाई यस सम्बन्धमा सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै विभिन्न मापदण्ड पूरा नगर्दा कुमारी र हिमालयन बैंक पनि कारबाहीमा परेका छन् ।
माघ महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेकोमा कुमारी बैंकलाई ५९ लाख ६३ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
हिमालयन बैंकले पनि कात्तिक महिनामा सोही अनुपात कायम नगरेका कारण १ करोड ३९ लाख रुपैयाँ जरिवाना गराइएको राष्ट्रबैकले जनाएको छ ।










