कोशी प्रदेश : ‘घुमिफिरि एमालेकै सरकार बन्छ हेर्दै जानुस’(भिडियो संवाद)

 

दमक/
कोशी प्रदेशमा अहिले नेपाली काग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीको दावि पेष गर्नु भएको छ । उहाँले सभामुखलाई समेत राजिनामा गराएर ४७ जना सांसदको हस्ताक्षर गराएर प्रदेश प्रमुखलाई आफ्नो दावि पेष गरेको र प्रदेश प्रमुखले उहाँलाई मुख्यमन्त्रीमा नियूक्ति गर्नु भएको पनि एक साता बितिसकेको छ ।

नेपाली काग्रेस सहित , माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी सहितका सांसदहरुको हस्ताक्षर गराएर उहाँले ४७ संसादको समर्थनमा आफुलाई मुख्यमन्त्रीमा दावि पेष गरेपनि विस्वासको मत लिने बेला सम्ममा परिस्थिती बेग्लै बन्ने आँकलन प्रदेश सांसद होम बहादुर थापाको छ ।

थापाले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो ‘उहाँलाई जतिले अहिले समर्थन गर्नु भएको छ ती सबैले विस्वासको मत दिनै हाल्नु हुन्छ भन्ने कुनै यकीन छैन । कोहि एक जनाको मात्रै मत कम भयो भने सरकार अल्पमतमा पर्छ र फेरि सबै भन्दा ठुलो दल भएकोले नेकपा एमालेकै नेतृत्वमा सरकार बन्छ ।’

अनी एमालेले चाहि त्यस बेला विस्वासको मत लिन सक्छ त? अवस्था त यही आउला नी? भनेर उज्यालोले गरेको प्रश्नमा उहाँ भन्नु हुन्छ ‘एमालेलाई पनि चुनौती छ तर त्यो अवस्थामा पनि विस्वासको मत एमालेले पाएन भने पनि अर्कोे प्रकृयामा कोहि सांसदले अधिकतम सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावि पेष गर्न पाउने प्रावधान छ । त्यो बेला दलको पनि कुनै ह्विप नलाग्ने भएकोले एमालेका संसदीय दलका नेता हिकमत कार्कीलाईनै हामी अघी बढाउँछौ । उहाँले कोहि एक दुई सांसदसँग गफ गरेर सहमतीमा ल्याउन सक्नु हुन्छ र कोशी प्रदेशमा एमालेको सरकार बन्छ । ’ सांसद थापाले बताउनु भयो ।

प्रदेशको अहिलेको अवस्था र अवको निकासका बारेमा सांसद थापासँग गरिएको संवाद तलको भिडियो लिकंमा राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग