दमक/
पछिल्लो समय सहकारीहरुको लगानी अनुत्पादक क्षेत्रमा बढि रहेको भनेर आलोचना भइरहेका बेला दमकमा प्रमुख कार्यालय रहेको मेचि बहुउद्धेस्य सहकारी सस्था लि.ले भने आफुहरुको कुल लगानी मध्ये ९० प्रतिशत उत्पादक क्षेत्रमा भएको दावि गरेको छ ।
सस्थाले आज वार्षिक प्रतिवेद २०८० सार्वजनिक गर्दै लगानी के मा कति र कस्तो भन्नेबारेमा जनाएको हो ।
ठुला कर्जाको तुलनामा साना आकारको कर्जालाई प्रथमिकता दिइएको र ती खालका कर्जाले उत्पादनको क्षेत्रमा लगानी भएकोले सस्थाको लगानी अनुत्पादक क्षेत्रमा कम भएको सस्थाका कार्यकारी प्रमुख खोम बगालेले जानकारी दिनुभयो ।
कर्जा वितरणमै कडाई गर्दै कुनैपनि सदस्यले आफ्नो नाममा ऋण लिएको तर त्यो ऋण चाहि अरु कसैलाई प्रयोग गर्न दिएको थाह पाइएमा त्यस्ता सदस्यहरुलाई १० हजार रुपैँया सम्म जरिवाना गराई एक महिना भित्रमा लगिएको कर्जा जस्ताको तस्तै चुक्ता गर्न लगाउने रणनितीले पनि यो काम गर्न सफल भएको सस्थाको ठहर छ ।
कुनैपनि सदस्यले जुन शिर्षकमा कर्जा माग गरिएको छ त्यो शिर्षक बाहेक अन्त प्रयोग गरिएको छ भने त्यसमा समेत कडाई गरिएकोले लगानीलाई सुरक्षित र उत्पादनमै लगानी गर्न प्रेरित गर्नुले पनि लगानी उत्पादनमै रहेको वगालेको भनाई छ ।
सस्थाले उत्पादनमा जोड दिनकालागि विभिन्न साझेदारी सस्थासँग समुहिक लगानीलाई समेत बढोत्तरी गरि काम गरिरहेको जनाइएको छ ।
लगानी केकेमा ?
प्रतिवेदन सार्वजनिक गर्दै सस्थाका अध्यक्ष नारायण भट्टराईले कृषि, पर्यटन, वितरक लगायतका क्षेत्रमा गरिएको लगानीले सस्थाको आम्दानीमा बृद्धि हुनुका साथै लगानी समेत सुरक्षित रहेको उहाँको भनाई छ ।
‘कृषि पर्यटनलाई आधुनिकीकरण र व्यवसायिकीकरण गर्दै निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायमूखी बनाउने अभिप्रायले कोसी प्रदेशका सहकारी संस्थाहरु एकआपसमा मिली विगत वर्षहरुबाट पाथीभरा एग्रो टुरिजम विशिष्टीकृत सहकारी संघ दर्ता गरी सो संघको आफ्नै जमिनमा रबर खेती, काष्ठजन्य बिरुवा, बास, सुपारी आदिबाट आम्दानी गरिँदै आएको छ । अध्यक्ष भट्टराईले बताउनु भयो ।
यसै गरि कोसी प्रदेशस्तरका सहकारी संस्थाहरु आपसमा मिली व्यवसाय सञ्चालनका लागि यो संघ स्थापना गरिएको छ। यस संघले कही कृषि उपकरणहरु, स्टेशनरी बिक्री गर्दै आएकोमा यस आ।व। बाट तोरी पेल्ने मिल स्थापना गरी समुदायका मानिसहरुलाई शुद्ध तेल बिक्री वितरण गर्ने प्रयास गर्दै आएको पनि जनाइएको छ ।
राष्ट्रिय सहकारी महासंघको संयोजनमा सञ्चालन गर्न लागिएको नविकरणीय ऊर्जा प्रविधि सम्बन्धमा सदस्यहरुको स्वास्थ्य तथा आर्थिक पक्ष मजबुत गर्न र घर र घरबाट निष्कने फोहोरलाई समेत उपयोग गरी घर तथा समाजमा हुने दुर्गन्धबाट बचाउन सुलभ ब्याजदरमा यस आर्थिक वर्षदेखि नविकरणीय ऊर्जामा कर्जा लगानीको थालनी गरिने समेत उहाँले सुनाउनु भयो ।
सस्थाले कुल ३ अर्व ८ करोड ६९ लाख ६८ हजार ७ सय ३५ रुपैँया सदस्यहरुमा विभिन्न शिर्षकमा गरि लगानी गरेको छ । यसको कुल ९० प्रतिशत भन्दा बढि उत्पादन क्षेत्रमै लगानी भएको सस्थाको दावि रहेको छ ।
सस्थाले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सस्थाको कुल वासालत ३ अर्व ५५ करोड, १७ लाख ४९ हजार २ सय ९४ रहेको छ भने यसमा ३७ करोड ४९ लाख ८३ हजार ८ सय शेयर पुजी हुँदा २ अर्व ४७ करोड १८ लाख ३६ हजार ८ सय १२ रुपैँया बचत जम्मा भएको छ । यसै गरि विभिन्न कोषहरुको रकम ३० करोड ५ लाख ३८ हजार ४६ रुपैँया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।










