इच्छा शक्तिको तागत : झापाली यी आमा छोरीद्धारा एकै वर्ष ‘प्लस टु पास’

झापा/
पढ्ने इच्छाशक्ति भयो भने न उमेरले छेक्न सक्छ न परिवारले । मनमा अटल इच्छा बन्यो भने चिताइएका ती काम फत्ते हुनेछन् । यो कुराको उदाहरण बन्नु भएको छ झापा हल्दिबारी गाउँपालिका २ पाराखोपीकी तुलसा खतिवडा ।

पढ्ने उमेरमा उहाँलाई बिभिन्न व्यवहारले थिच्यो । पढाइ पुरा गर्न पाउनु भएको थिएन । अहिले छोराछोरी पनि हुर्के । पढ्ने समय पनि भयो । यहि बेला उहाँले कक्षा १२ को परिक्षा लेख्नु भयो । जतिबेला उहाँकी छोरी सलोनी दाहालको पनि त्यहि कक्षाको परिक्षा लेख्ने बेला भएको थियो ।

आमा छोरी दुवैले सँगै तयारी गरेर छुट्टा छुट्टै परिक्षा केन्द्रमा गएर परिक्षा दिएका यी आमा छोरीको नजिता सफल भएर आयो ।

यहाँको सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक समेत रहनु भएकी तुलसाले लक्ष्मी मावि हल्दिबारीबाट परीक्षा दिनु भएकोक थियो भने छोरी सलोनीले एमरेल्ड एकेडेमी भद्रपुरबाट ।

आमाले शिक्षा संकाय र छोरीले व्यवस्थापन सङ्कायबाट परीक्षामा सामेल भएकी थिइन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु