निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’ को अवस्थामा रहँदा बजार साना तथा मझौला लगानीकर्ताको भरमा मात्र चलेको छ ।बैंकको ब्याजदर न्यून रहनु र प्रणालीमा तरलता सहज हुनुका बाबजुद बजारमा उत्साह देखिएको छैन । विशेषगरी अवैध सम्पत्ति तथा लगानीको स्रोत छानबिन सम्बन्धी सरकारी कडाइ र अर्थमन्त्रीको अभिव्यक्तिपछि ठूला लगानीकर्ता सतर्क बनेका छन् । अर्कोतर्फ, सूचीकृत कम्पनीहरूको नाफा र लाभांश क्षमता कमजोर देखिनु तथा बजारमा सेयरको आपूर्ति बढ्नुले पनि लगानीकर्तालाई निरुत्साहित बनाएको छ ।

शेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । शुक्रबार नवीनतम कारोबार अनुसार नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय २८ दशमलव १–७ बिन्दुमा झरेको छ । यस दिन ३ सय ५३ कम्पनीको ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ११ वटा उपसूचक राताम्य हुँदा वाणिज्य बैंक र निर्जीवन बीमा समूहमा मात्र सामान्य सुधार देखिएको छ ।अहिले बिक्रेता सस्तोमा बेच्न नचाहने र खरिदकर्ता महँगोमा किन्न हिचकिचाउने प्रवृत्तिले बजारमा रौनक आउन नसकेको सरोकारवालाहरू बताउँछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’

कांग्रेसको १५ औँ महाधिवेशनका लागि ५ उपसमितिका संयोजक मनोनयन

काठमाडौँ ,११ मंसिर। नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको समसामयिक छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नु भएको छ ।राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गर्नु भएको छ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न

हराएका पशुका अवशेष खोज्दै स्थानीय

काठमाडौं ,११ मंसिर। गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् ।

भोजपुरको गैरीगाउँमा राष्ट्रिय प्रसारणको बिजुली पुग्यो

भोजपुर,११ मंसिर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ

होल्डिङ सेन्टर खाली गर्न निर्देशनपछि सुकुम्बासी थाल ठटाएर आन्दोलित

काठमाडौं,११ मंसिर । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो