दमक/
व्यवस्थापन संकायको अग्रणी स्थानमा रहेको दमकको आस्था कलेजले विद्यालय र कलेजमा गरि हरेक वर्ष ५२ लाख बढिको छात्रबृद्धि प्रदान गर्दै आएको जनाएको छ ।
आज कलेजको बिबिएसको चौथो वर्षका विद्यार्थीलाई छात्रबृद्धि प्रदान गर्ने क्रममा क्याम्पसका प्रमुख टेकनाथ भण्डारीले विद्यालय र कलेजमा गरि विद्यार्थीले विभिन्न चरणमा गरेर वर्षमा ५२ लाख ६५ हजार सम्मको छात्रबृद्धि प्रदान गर्दै आएको तथ्याकं प्रस्तुत गर्नु भयो ।
उहाँले विद्यार्थीहरुको क्षमता हेरेर दिने छात्रबृद्धि, अभिभावकको अवस्था हेरेर प्रदान गरिने छात्रबृद्धि , विद्यार्थीले परिक्षामा ल्याएको परिक्षाफलका आधारमा दिने छात्रबृद्धि विद्यालयको नर्सरी देखी क्याम्पसको चौथो वर्ष सम्मनै निरन्तर रहिरहेको बताउनु भयो ।
यसरी दिइएको छात्रबृद्धिबाट कोहि विद्यार्थीले सत प्रतिशत छुटमा पढ्न पाएको, केहिले पचास प्रतिशत छुटमा र केहिले आंशीक छुटमा पढ्न पाएको भन्दै विद्यार्थीको क्षमता अनुसारको छात्रबृद्धि उपलब्ध गराउँदै आएको उहाँले कार्यक्रममा बोल्ने क्रममा बताउनु भयो ।
आजमात्रै ३० जना विविएस चौथो वर्ष सकेका विद्यार्थीहरुलाई ४ लाख ३७ हजार ४ सय ५० रुपैँया छात्रबृद्धि प्रदान गरेको छ ।
यसमा १५ हजार देखी ३० हजार रुपैँया नगद छात्रबृद्धि पाउने विद्यार्थीहरु छन् । उनीहरुले वार्षिक परिक्षामा ल्याएको परिणामका आधारमा यो छात्रबृद्धि प्रदान गरिएको कलेजका सहायक प्रमुख टिकाराम अधिकारीले जानकारी दिनु भयो ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा प्रमुख अतिथी रहनु भएको थियो भने नगरको शिक्षा समिती अध्यक्ष कुवेर भट्टराई र वडा नं १० का वडाध्यक्ष राजेन्द्र भण्डारी विषेश अतिथी रहनु भएको थियो ।
कलेजका अध्यक्ष बलभद्र कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न अभिभावक तथा अन्य सामाजीक सरोकारवाहलारुको पनि उपस्थिती रहेको थियो ।









