दमक/
सामुदायीक विद्यालयको शिक्षा सुधार गर्न समुदायको चासो र चिन्ता नबढे सम्म सम्भव नहुने निष्कर्षका साथ दमकमा रहेको सरस्वती मावि इटाभट्टाले विद्यालय र समाजसँगको सम्बन्ध प्रगाढ बनाउने कामलाई सकृयता देखाएको छ ।
केहि दिन अघी बृहत अभिभावक भेला गरि सुझाव विद्यालय सुधार गर्ने प्रतिवद्धता सार्वजनिक गरेको विद्यालयले आज फेरि समाजमा सकृय रहेका केहि प्रतिनिधीमुलक व्यक्तिहरुलाई भेला गर्यो ।
भेलामा सहभागी भएकाहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवतराज पुरी गगनले असल र खराव सामुदायीक विद्यालयका उदाहरण पेष गर्दै यो विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन सकिने आधार र सम्भावनाका बारेमा संक्षेपमा राख्नु भएको थियो ।
विद्यालयको शिक्षा सुधार गर्न भनेर व्यवस्थाप समितीले बनाएको सामाजीक सम्बन्ध सुधार उप–समितीको छलफलमा सहभागी भएका सदस्यहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सुझाव सहित केहि योगदान गर्ने प्रतिवद्धता पनि जनाएका थीए ।
समितीमा रहेका र यस अघी विभिन्न विद्यालयमा शिक्षण गरेका र अहिले सेवा निर्वत्त भएकाहरुले विद्यालयमा रहेका कमजोर विद्यार्थीकालागि आवश्यक पर्ने अतिरिक्त कक्षा निशुल्क चलाउन तयार रहेको प्रतिवद्धता जनाएका थीए भने अन्य विभिन्न पेषा तथा व्यवसायमा आवद्ध भएकाहरुले विद्यालयले क्यालेण्डर बनाएर बोलाउने हो भने आफु आवद्ध रहेको क्षेत्रको बारेमा अवसर र सम्भावनाका बारेमा विद्यार्थीसँग अन्तरकृया गर्न तयार रहेको पनि प्रतिवद्धता जनाएका थीए ।










