सिप सहितको शिक्षा त्यो पनि निशुल्क, विद्यार्थीको आकर्षण चाहि कती ?भिडियो संवाद)

दमक/
सरकारले सिप सहितको शिक्षा अव दिनु पर्छ भनेर विभिन्न प्रकारका कार्षहरु डिजाइन गरेको छ । निजी, सार्वजनिक तथा साझेदारी सस्थाहरुमा ती कोर्षहरुलाई बिभिन्न तह अनुसार प्योकज कार्यक्रम बनाएर सञ्चालन गर्न अनुमति दिइएको छ ।

खाससगरि नेपालमा सिप सहितको शिक्षामा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदले कार्यक्रमहरु बनाउने र स्विकृत गर्ने गर्छ ।

यही कार्यक्रम अनुसार झापाको दमकमा रहेको पुष्प धिरेन्द्र स्मिृती प्रतिस्ठान बहुप्राविधिक शिक्षालायमा दुईवटा विषयमा १०० जना विद्यार्थीलाई निशुल्क पढ्ने अवसर छ

सामाजीक विकास मन्त्रालय कोशी पदेश सरकारको आर्थीक सहयोग र इन्स्योरको प्राविधिक सहयोगमा ६० जना र नेपाल सरकारको अनुदानमा थप ४० जनालाई कम्प्यूटर तर्फ इन्फोमेशन टेक्नोलोजी र सिभिल इन्जिजियर तर्फ बिल्डिङ कन्सट्रक्सनमा २ वर्षे कोर्षमा भर्ना आह्वान गरिएको छ ।

यो कार्यक्रममा सहभागी भएर यी सिप सहितको शिक्षा निशुल्क त लिन पाइन्छ नै अझ यसमा दैनिक हाजिरीका आधारमा भत्ता पनि पाइन्छ ।
मद्यम वर्गिय समुदायलाई लक्षित गरि सरकारले यस्ता कार्यक्रममा लगानी गरेको र यसको प्रतिफल उठाउनु पर्ने प्रतिस्ठानका अध्यक्ष तिर्थराज बस्नेत शंकर बताउनु हुन्छ ।

यो कार्ष बढीसक्ने बित्तिकै कामका अवसरै अवसर हुने भएकोले लक्षित समुदायले यसको फाईदा लिनुपर्ने उहाँले बताउनु भयो ।
कतै यस्ता कार्यक्रम सुचनाको अभावमा ती वर्ग सम्म पुग्न पो नसक्ने हो कि भन्ने डर आफुमा रहेको बस्नेतले सुनाउनु भयो ।

हेरौ उहासँग सिप सहितको शिक्षा त्यो पनि निशुल्क कसरी पाउने भन्नेबारेमा गरिएको संवादको भिडियो ।

(2) सीप सहितको शिक्षा त्यो पनि निशुल्क ,कसरी छ संभव ? – YouTube

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु