ग्रेस इन्टरनेसनलको विद्यार्थी परामर्ष अभियान, अभिभावक सचेतनामा केन्द्रित

दमक/
बैदेशिक अध्ययनमा फरक पहिचान बनाइरहेको ग्रेस इन्टरनेसनल  एजुकेशन एण्ड माईग्रेसन सर्भिसले विद्यार्थीलाई निशुल्क परामर्ष तथा अभिभावकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पूर्वको विर्तामोडमा आईतबारबाट सुरु गरिएको यो कार्यक्रमलाई ग्रेसले एजुकेशन फेयरको नाम दिएको छ ।

यसको दोस्रो दिन सोमबार दमक शाखामा मात्रै २ सय बढि विद्यार्थीहरुलाई परामर्ष गरिएको ग्रेसका दमक शाखा प्रमुख दिनेशजंग खड्काले जानकारी दिनु भयो ।

 

खासगरि यो पटकको एजुकेशन फेयरमा अभिभावक अभिमुखीकरणमा समेत ध्यान दिइएकोले कतिपय विद्यार्थीले अभिभावक पनि लिएर आएका थीए ।

 

विद्यार्थीलाई विदेशमा पढ्ने कलेज तथा यूनिभर्सिटीको बारेमा जानकारी दिइयो भने अभिभावकलाई आफ्नो तर्फबाट गुर्नपर्ने डकुमेण्ट र कहाँ कहाँ केकेमा कति कति खर्च लाग्छ भन्नेबारेमा यथार्त जानकारी गराउने काम गरिएको ग्रीसका को फाउन्डर एन्ड्रु पौडेलले बताउनु भयो ।

 

यो फेयरमा विद्यार्थीहरुलाई  विभिन्न देशमा रहेका २५ वटा कलेज तथा यूनिभर्सिटिका बारेमा जानकारी गराइनुका साथै कति प्रतिशत ल्याउँदा कुन कलेजमा कति प्रतिशत सम्म छात्रबृत्ति पाइन्छ सम्मको जानकारी दिइएको पौडेलले प्रष्टाउनु भयो ।

 

यो कार्यक्रम मंगलबार बिराटनगरमा हुने छ भने अन्य विभिन्न शहर हुदै असोज ३ गते काठमाडौमो पुगेर टुङ्गीने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै

दुधे, मंसिर १२ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा

रसुवा बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि सिफारिस

इनरुवा,१२ मंसिर । भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

स्रोत भएर पनि शिक्षामा पछाडि मधेश : दोषी को ?

काठमाडौँ,१२ मंसिर । कुनै पनि समाजलाई दीर्घकालसम्म आफ्नो नियन्त्रणमा राख्न चाहने शासकले सबैभन्दा पहिले त्यहाँको शिक्षा प्रणाली कमजोर बनाउँछ भन्ने राजनीतिक मान्यता छ । शिक्षित

दमकमा ४४ करोड ३६ लाखभन्दा बढीको खानेपानी आयोजना सम्झौता

दमक,१२ मंसिर । झापाको दमकमा खानेपानी व्यवस्थापन तथा पूर्वाधार स्तरोन्नतिका लागि रु ४४ करोड ३६ लाखभन्दा बढीको आयोजना अघि बढ्ने भएको छ । सङ्घीय सरकारको

निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’

कांग्रेसको १५ औँ महाधिवेशनका लागि ५ उपसमितिका संयोजक मनोनयन

काठमाडौँ ,११ मंसिर। नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको समसामयिक छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नु भएको छ ।राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार